प्रहरी जवानले आफ्नै पेटमा हाने गोली!

काठमाडौँ – सिन्धुलीमा एक प्रहरी जवानले आफैँलाई गो-ली हानेका छन्। जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले शुक्रबार आफैंलाई गो-ली हानेका हुन्।

महोत्तरी घर भई जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत रायले आफैँलाई पेटमा गो-ली हानेको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिएकी छन्।

सिग्देलका अनुसार रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ। रायको पेटमा गो-ली लागेको र सिन्धुलीमा उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएकाको उनले बताइन्।

रायले आफैंलाई किन गो-ली हाने भन्ने बारे केहि खुलिसकेको छैन। यस सम्बन्धमा अनुसन्धान भइरहेको बताइएको छ।

कृषि केन्द्रलाई १० करोड अनुदान दिइने
वाग्मती प्रदेश सरकारले कृषि व्यवसायको प्रवद्र्धन गर्न भन्दै विभिन्न १० कृषि केन्द्रलाई रु एक÷एक करोडका दरले अनुदान वितरण गर्ने भएको छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले व्यावसायिकरूपमा काम गर्ने कृषि केन्द्रलाई अनुदान वितरणका लागि सम्झौता गरेको हो । निर्देशनालयले प्रदेशका विभिन्न जिल्लामा एकीकृत मोडेल कृषिफार्म विकास तथा विस्तार कार्यक्रमअन्तर्गत माग गरेको प्रस्तावनाबाट छनोट भएका व्यावसायिक फार्मलाई रु एक÷एक करोडका दरले अनुदान रकम दिन सम्झौता गरिएको हो ।

निर्देशनालयले काभ्रेको गोल्डेन फार्म प्रालि, रामेछापको सप्तभूमि एग्रो फार्म एण्ड रिसर्च सेन्टर हेलम्बु, नुवाकोटको मध्यपहाडी कृषि फार्म र प्रसिद्ध कफी स्टेट प्रालि, चितवनको केरुङ सामुदायिक तरकारी कृषि फार्म, मकवानपुरको जिके कृषि फार्म प्रालि, सिन्धुलीको एग्रो कम्पनी प्रालि, धादिङको केवलपुर एग्रो फार्म प्रालि, सिन्धुपाल्चोकको एग्रिकल्चर प्रालि र रामेछापको एग्रो एण्ड लाइभस्टक नेपाललाई अनुदान दिने भएको हो ।

उक्त कार्यक्रमका लागि प्रस्ताव प्रस्तुत गर्नेमध्ये कृषि क्षेत्रमा काम गर्ने निजी फार्म, कृषक समूह र सहकारी छनोट गरेर उनीहरुलाई ५० प्रतिशत अनुदानका लागि प्रतिकृषि केन्द्र रु एक करोडका दरले उपलब्ध गराइने सम्झौता भएको कृषि विकास निर्देशनालयका निर्देशक रवीन्द्रबहादुर प्रधानले जानकारी दिए । उनका अनुसार अनुदान प्राप्त गर्ने कृषि केन्द्रले आगामी असार मसान्तसम्ममा काम गरिसक्नुपर्ने छ ।

प्रकाशित : , ०, ००४:५८

नागढुङ्गा–मुग्लिन सडक छ लेन बनाइने !