असोज २३ गतेको राशिफल : बुधबारको दिन १२ राशिलाई राम्रो-नराम्रो कस्तो रहला ?

असोज २३ गतेको पञ्चाङ्ग तथा राशिफल :

दिन : बुधवार
तिथि : षष्ठी ०७:३३ बजेसम्म, त्यसपछी सप्तमी
नक्षत्र : मूल ०१:४५ बजेसम्म, त्यसपछी पूर्वाषाढा
योग : शोभन ०३:४० बजेसम्म, त्यसपछी अतिगण्ड
करण : तैतिल ०७:३३ बजेसम्म, त्यसपछी गर १९:३४बजेसम्म, त्यसपछी वणिज

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

साहित्य सिर्जन गर्न र कलाताम्क अभिगम वृद्दि गर्नको लागि दिन शुभ छ। आफन्तसँग भएको भेटले मान प्रसन्न रहला।  मध्यान्नपछि घरमा शान्तिपूर्ण वातावरण रहला। कार्यालयमा उच्च अधिकारी समक्ष सावधानी अपनाउनु होला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

आमाको स्वास्थ्यको चिन्ता रहनेछ। स्थायी सम्पत्तिको पत्रमा हस्ताक्षर गर्नुहुनेछ। नकारात्मक विचारलाई मनमा नबाध्नुहोला। विधार्थीको लागि अनुकुल समय छ। तपाईको हातबाट  धार्मिक कार्य हुनेछ। मध्यान्नपछि शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

कार्यसफलताले मन प्रसन्न रहला। प्रतिस्पर्धी पराजित हुनेछ। मध्यान्नपछि घरमा विसवांदिता वातावरण रहला। परिवारसँग झगडा हुन सक्ला। नकारात्मक विचारलाई मनमा आउन नदिनुहोला। मध्यान्नपछि भाग्यवृद्दि होला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

लामो समयको योजनाको आयोजन गर्नु अघि सोच्नुहोला। परिवारसँग वातावरण तनावपूर्ण रहनेछ। निर्धारित कार्यमा विचार गर्नुहोला। शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ रहला। भाई-बहिनीबाट लाभ मिल्नेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

तपाईको दिन आत्मविश्वासले भरिपूर्ण रहनेछ। प्रत्येक कार्य दृढ निर्णयशक्तिबाट गर्नुहुनेछ। रिसमा अधिक भावना रहन सक्छ। सरकारी कार्यबाट लाभ मिल्नेछ। परिवारको  सहयोग प्राप्त होला। आम्दानीभन्दा अधिक खर्च हुन सक्ला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

तपाईको मन अधिक भावनाशिल रहनेछ। भावनाको प्रवाहमा बहर कुनै पनि अविचारी  कार्य नगर्नुहोला। चर्चा र विवादबाट टाढा रहनु नै उचित होला। समाजमा मान-प्रतिष्ठा बढ्नेछ। कसैसँग उग्रतापूर्ण व्यवहार हुन सक्छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

व्यापारको क्षेत्रमा जानुको साथै मित्रको तर्फबाट  लाभ मिल्ने योग छ।  सन्तानसँग सम्बन्ध सुमधुर रहनेछ। मध्यान्नपछि मानसिक र शारीरिक स्वास्थ्य बिग्रन सक्ला। अधिक संवेदनशिल नरहनुहोला। कानुनी विषयमा निर्णय बुझेर लिनुहोला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

दृढ मनोबल र आत्मविश्वासले प्रत्येक कार्य सरलतापुर्वक पूरा गर्नुहुनेछ। उच्च अधिकारीगण तपाईको कार्यवाहीबाट आनन्दित अनुभव गर्नेछन्। मध्यान्नपछि तपाईको मन की विचारमा फसिरहनेछ। व्यापारमा आर्थिक लाभ हुनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

तपाईको दिनको व्यवहार धार्मिक रहनेछ। कुनै धाम्रिक वा मांगलिक कार्यमा उपस्थित हुनुहुनेछ। हानिकार कार्यबाट टाढा रहनुहोला। व्यवसायमा उच्च आधिकारीगणको प्रोत्साहनले आनन्द अनुभव गर्नुहुनेछ। घरायसी जीवन मधुरतापूर्ण रहला।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

स्वास्थ्यको विषयमा लापरवाही नगर्नुहोला। आकस्मिक खर्चको लागि मानसिक रुपले तयार रहनुहोला। मध्यान्नपछि परिस्थितिमा केहि हल्कापन रहनेछ। धार्मिक स्थानमा जाँदा मन शान्त रहनेछ। निषेधात्मक विचारलाई मनमा हाबी हुन नदिनुहोला।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

सांसारिक प्रश्न र विषयको लागि  उदासीनवृत्ति व्यवहार गर्नुहुनेछ। सामाजिक दृष्टिबाट अपमानित हुन नपरोस् यस कुराको ध्यान राख्नुहोला। नयाँ कार्य  प्रारम्भ गर्नको लागि शुभ दिन छैन। शारीरिक रुपले प्रफुल्लित व्यवहारको अभाव रहनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

तपाईको मन चिन्तामुक्त रहनेछ। तपाईको कार्यमा ढिलाई हुन सक्छ। दाम्पत्यजीवनमा झगडा हुन सक्ला। अदालती विषयबाट टाढा रहनुहोला। सांसारिक विषयमा मन अलिप्त रहनेछ। व्यापरमा सहकर्मीबाट सहयोग मिल्नेछैन।

अर्को समाचार:

असोज २४ गतेको राशिफल : फूलपातीको दिन १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?