३० वर्ष भन्दा अगाडी नै करोडपति हुने गर्छन् यी ३ राशि हुनेहरु

काठमाडौँ : आर्थिक रुपमा धनी बन्ने सबैको चाहना हुने गर्छ। कर्म गरेपछि फल राम्रो मिल्नेमा कुनै दुई मत रहेको छैन। तर सानो उमेरमानै कोही धनी बन्न सक्छन् भने केहीले चाहिं धेरै कसरत र कोसिस पछि मात्र धनी बन्न सक्ने गर्छन्। ज्योतिष शास्त्रका अनुसार हरेक राशिको फरक व्यवहार साथै भाग्य हुने गर्छ। ३० वर्ष हुनु भन्दा अगाडी नै धनी हुने राशि निम्न उल्लेखित रहेका छन्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

यस राशि हुनेहरु आत्‍मसम्‍मान, आत्‍म‍विश्‍वास र कठोर परिश्रमको कारण छिट्टै धनी बन्ने गर्छन्। आफ्नो हरेक निर्णय सोचेर लिने हुँदा पनि जीवनमा सफल हुने गर्छन् भने व्यवसायमा पनि अब्बल हुने गर्दा कन्या राशि हुनेहरु छिट्टै नै धनी हुन्छन्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

यस राशिका व्यक्तिहरु शान्त रहने गर्छन् भने आफ्नै तरिकाबाट काम पनि गर्ने गर्छन्। जुनै पनि हदसम्मको परिश्रम गर्ने हुँदा जीवनमा जहिले पनि सफल हुन्छन्। साथै आफ्नो आर्थिक खर्च नियन्त्रणमा राख्ने मात्र नभई उचित क्षेत्रमा लगानी गर्ने हुँदा पनि छिट्टै धनी हुने गर्छन् वृष राशि हुनेहरु।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

यस राशि हुनेहरु धनको मामलामा छुट्टै मान्यता राख्ने गर्छन्। व्यवसायमा पनि नयाँ तरिका अपनाउने खुबी भएको हुँदा छिट्टै धनी बन्ने गर्छन्। साथै आफ्नो धनको सहि सदुपयोग गर्ने हुँदा पनि धनु राशि भएका व्यक्तिहरु छिटै धनी हुन्छन्।

अर्को समाचार:

१२ वर्षपछि ४ महिना वक्री अवस्थामा भ्रमण गर्नेछ गुरु ग्रह, यी ५ राशि बन्नेछन् धनवान्