आज शुक्रबारको अचुक उपाय, माता लक्ष्मीको कृपाले हुनेछैन धनको कमी !

धार्मिक मान्यता अनुसार माता लक्ष्मीलाई धनकी देवी मानिन्छ। माता लक्ष्मीको कृपाले घरमा समृद्धि आउँछ र सुख,समृद्धि र ऐश्वर्यको कुनै कमी नहुने मान्यता रहेको छ। त्यसैले माता लक्ष्मीको विधि अनुसार उहाँको पूजा आराधना गरी विभिन्न उपाय अपनाउने गरिन्छ।

शुक्रबारको दिन लक्ष्मीको पूजा गर्ने गरिन्छ । यस दिन केही विशेष उपाय गर्नाले धनकी देवीको आशीर्वाद प्राप्त हुन्छ। यस्तो यदि तपाई माता लक्ष्मीको विशेष आशीर्वाद प्राप्त गर्न चाहनुहुन्छ र धनको अभावमा हुनुहुन्छ भने शुक्रबारको दिन यी उपाय गर्न सक्नुहुन्छ।

शुक्रबार राति लक्ष्मीका आठ रुपको पूजा गर्नु शुभ मानिन्छ। शुक्रबारको दिन लक्ष्मी माताको अगाडि धूप बाल्नुहोस् र उनलाई गुलाबको फूल चढाउनुहोस्। अष्टलक्ष्मी मातालाई रातो फूलको माला चढाउनु शुभ मानिन्छ। शुक्रबार राति ‘ऐं ह्रीं श्रीं अष्टलक्ष्मीयै ह्रीं सिद्धये मम गृहे आगच्छागच्छ नम: स्वाहा’ मन्त्रको १०८ पटक जप गर्नाले धन अभावको समस्या हट्छ।

शुक्रबार राति गुलाबी रंगको कपडामा श्री यंत्र र अष्टलक्ष्मीको मूर्ति तथा तस्बिर स्थापना गर्नुहोस्। यस उपाय गर्नाले व्यापारमा प्रगति हुन्छ र यससँग सम्बन्धित सबै प्रकारको समस्या हट्छ। शुक्रबार राति दक्षिणावर्ती शंखमा जल भरेर भगवान विष्णुलाई अभिषेक गर्नुहोस्। भगवान विष्णुलाई अभिषेक गर्नाले माता लक्ष्मी प्रसन्न भई आर्थिक संकटबाट मुक्ति मिल्छ।

अर्को समाचार:

आर्थिक अभावबाट छुटकारा पाउन गर्नुहोस् भोलेनाथको यी अद्भुत उपाय !