आर्थिक अभावबाट छुटकारा पाउन गर्नुहोस् भोलेनाथको यी अद्भुत उपाय !

महाशिवरात्रि भगवान शिवका भक्तहरूको लागि वर्षको सबैभन्दा महत्त्वपूर्ण पर्व मानिन्छ। महाशिवरात्रि शिव र शक्तिको मिलनको महान् पर्व हो। शिव पुराणका अनुसार महाशिवरात्रिको दिन भगवान शिव र माता पार्वतीको विवाह भएको थियो। शास्त्र अनुसार महाशिवरात्रिको दिनबाट ब्रह्माण्डको आरम्भ भएको मानिन्छ। शिवरात्रिको वर्णन गरुड पुराण, स्कन्द पुराण, पद्म पुराण र अग्नि पुराण आदिमा पाइन्छ। भनिन्छ, जसले शिवरात्रिको दिन बेलपत्रले भगवान शंकरको पूजा गर्छ र रातमा भगवानको मन्त्र जप गर्छ, उसलाई भगवान शिवले सुख र मोक्ष प्रदान गर्नुहुन्छ।

शिवरात्रिको दिन भगवान शिवको पूजा गर्नाले शिव शक्तिले सबै मनोकामना पूरा हुने जनविश्वास छ। यदि तपाईको आर्थिक अवस्था कमजोर छ भने यस महाशिवरात्रिमा केही ज्योतिषीय उपाय अपनाएमा यी बाधाहरूबाट छुटकारा पाउन सकिन्छ। जानौँ महाशिवरात्रि पूजाबाट आर्थिक सङ्कट हटाउन ज्योतिषीय उपाय-

जागिर वा व्यापारमा समस्या परेमा महाशिवरात्रिको दिन शिवलिंगमा मह चढाएर व्रत गर्नुपर्छ। अनारको फूल पनि चढाउनुपर्छ। महाशिवरात्रिमा चाँदीको भाँडोबाट जलको धाराले भगवान शिवलाई अभिषेक गर्दा ॐ नमः शिवाय र ॐ पार्वतिपत्ये नमः मन्त्रको १०८ पटक जप गर्दा आर्थिक उन्नति हुन्छ। महाशिवरात्रिमा खाँचोमा परेकाहरूलाई सहयोग गर्नाले जीवनका सबै प्रकारका समस्याहरू हट्छ।

महाशिवरात्रिको दिन दहीले भगवान भोलेनाथको रुद्राभिषेक गर्नाले धनको वृद्धि हुन्छ । भगवान भोलेनाथलाई उखुको रसले अभिषेक गर्दा लक्ष्मीको कृपा प्राप्त हुन्छ। धन प्राप्तिको लागि महाशिवरात्रिमा मह र घ्यूले शिवलिंगलाई अभिषेक गर्नु पनि शुभ मानिन्छ। यदि तपाईं आफ्नो कुनै मनोकामना पूरा गर्न चाहनुहुन्छ भने महाशिवरात्रिको दिन भगवान शंकरलाई उनको मन पर्ने चिज धतुरो चढाउनुहोस्।

अर्को समाचार:

भोलि अचला सप्तमी यसरी गर्नुहोस् सूर्य देवको पूजा, धनधान्य-समृद्धिले भरिनेछ जीवन !