घरमा राख्नुहोस् हनुमानको यस्ता तस्बिर: दु:ख, पीडा कहिल्यै नजिक आउँदैन, यी कुरामा ध्यान दिनुहोस् !

वास्तुशास्त्र अनुसार घरमा देवी-देवताको फोटो राख्नका लागि धेरै नियमहरू बताइएका छन्। कुन देवी-देवताको तस्बिर घरको लागि शुभ हुन्छ र कुन तस्बिरले घर-परिवारमा समस्या बढाउन सक्छ। यो कुरा थोरैलाई थाहा नहुन सक्छ। कयौं पटक हामी घरमा देवी-देवताको तस्बिर नसोची राख्छौं। तर वास्तुमा घरमा फोटो राख्नु शुभ मानिएको छ, जान्नुहोस् ?

मंगलबार हनुमानको नाममा समर्पित हुने गर्दछ। प्रायः मानिसहरूले आफ्नो घरमा हनुमान तस्बिर राख्छन् तर के तपाईलाई थाहा छ घरमा हनुमानको कस्तो किसिमको तस्बिर राख्न सकिन्छ। तर तस्बिर राख्दा यससँग सम्बन्धि केही महत्त्वपूर्ण नियमहरू जान्न आवश्यक छ। हनुमानको तस्बिर घरमा राख्दा अशुभ शक्तिले घरमा बास गर्दैन भन्ने मान्यता छ। जान्नुहोस् वास्तु अनुसार घरमा कस्तो किसिमको हनुमानको तस्बिर राख्नु शुभ हुन्छ।

वास्तुका अनुसार जुन फोटोमा हनुमानले दक्षिणतिर हेरिरहेका छन् । यस्तो तस्बिर घरमा राख्नाले घरमा सुख-समृद्धि बढ्छ। यो तस्बिर बसेको मुद्रामा र रातो रंगको हुनुपर्छ भनिएको छ। यो तस्बिरलाई शुभ मानिन्छ किनकी यसलाई लगाउँदा हनुमानको तस्बिर देखेर दक्षिण दिशाबाट आउने हरेक अशुभ शक्ति फिर्ता हुन्छ । यति मात्र होइन, यसले मंगल दोष पनि हटाउँछ ।

जुन तस्बिरमा हनुमानको मुख उत्तर दिशा तर्फ फर्केको हुन्छ, त्यो तस्बिरलाई उत्तरमुखी हनुमान रूप मानिन्छ। हनुमान यस स्वरूपको पूजा गर्नाले सबै देवी-देवताको आशीर्वाद प्राप्त हुने जनविश्वास छ। यसका साथै माता लक्ष्मीको कृपा पनि प्राप्त हुन्छ ।

घरमा पञ्चमुखी हनुमानको तस्बिर लगाउनाले घरमा प्रगतिको बाटोमा आउने बाधाहरू हट्छन्। साथै, धन सम्पत्तिमा वृद्धि हुनेछ। साथै घरको वास्तु दोष पनि हट्छ । यदि घरमा अशुभ शक्तिको प्रभाव छ भने यस्तो अवस्थामा हनुमान जीको शक्ति प्रदर्शन मुद्राको चित्र लगाउनुपर्छ । साथै घरको मुख्य ढोकामा पञ्चमुखी हनुमान जीको तस्विर पनि माथि राख्न सकिन्छ। जसका कारण घरमा दुष्ट शक्तिहरु प्रवेश गर्दैनन् ।

हनुमानले पर्वत उठाएको फोटो घरमा राख्नाले घरका सदस्यहरूमा आत्मविश्वास, साहस, बल र जिम्मेवारीको भावनाको विकास हुन्छ। यो फोटो लगाएरमा कुनै पनि परिस्थितिबाट डराउनु पर्ने छैन, तर छिट्टै यसको समाधान पाउनुहुनेछ।

यस्तो तस्बिर जसमा हनुमानले आँखा बन्द गरेका छन् । यो तस्बिरले घरका सदस्यहरूलाई मनमा शान्ति र ध्यानको विकास गराउँछ। तर, ध्यान र मोक्ष चाहनुहुन्छ भने मात्र यस्तो चित्र राख्नु पर्छ।

अर्को समाचार:

तिहारमा लक्ष्मी पूजापछि यसरी गर्नुहोस् लक्ष्मीको आरती, बदलिन्छ भाग्य! बदलिनेछ आर्थिक अवस्था !