कार्तिक महिनामा सूर्यग्रहण र चन्द्रग्रहण दुवै लाग्ने, तिहारको मध्य समयमा सूर्यग्रहण लाग्दै: कस्तो रहला यसको असर?

यो कार्तिक महिना सूर्य ग्रहण र चन्द्र ग्रहण दुवै लाग्ने भएको छ । औँसी तिथि कार्तिक ७ गते साझा ५:१९ सुरु भई कार्तिक ८ गते गते मंगलबार साँझ ४:५० बजेसम्म चल्नेछ। यसै गरी कार्तिक ८ गते मंगलबार सूर्यग्रहणको दृश्य पनि देख्न सकिने भएको छ । कार्तिक २२ गते मङ्गलबार पूर्णिमा गंगा स्नानमा २:५४ बजे देखि ६:३४ सम्म चन्द्रग्रहण हुनेछ। यसको सुतक बिहान ८ बजेर २९ मिनेटमा सुरु हुनेछ । त्यसैले गंगामा नुहाउन चाहने व्यक्तिले साढे आठ बजे पहिले नुहाउन सक्छन्। यसपछि सुतक अवधि र ग्रहणका कारण स्नान गर्न निषेध गरिएको छ। ग्रहण सकिएपछि राति नुहाउन सकिन्छ ।

सूर्यग्रहणको कुल अवधि ४० मिनेट मात्र हुनेछ । साँझ ४ बजेर ५७ मिनेटमा सुरु भएको सूर्यग्रहण ५ बजेर ४७ मिनेटमा समाप्त हुनेछ । यो पटक स्वाती नक्षत्र र तुला राशिमा सूर्यग्रहण लाग्ने भएकाले यस राशिका व्यक्तिले विशेष ख्याल गर्नुपर्छ ।

सूर्यग्रहणको सुतक १२ घण्टा अघिदेखि सुरु हुन्छ । यो अवधिमा मन्दिर प्रवेश गर्न, मूर्तिहरू छुनु, खाना खान र यात्रा गर्न निषेध गरिएको छ। बालबालिका, वृद्ध वृद्धा र बिरामीले अति आवश्यक पर्दा आहार लिन सक्छन् । गर्भवती महिलाले आफ्नो पेटमा गाईको गोबरको पातलो लेप लगाउनले शुभ हुने मान्यता रहेको छ । ग्रहणको समयमा दान, जप र मन्त्र सिद्धिको नियम छ। ग्रहणको अन्त्यमा स्नान र दान गर्नुपर्छ।

अर्को समाचार:

लक्ष्मी पूजाको दिन पूजा गर्ने समयमा भुलेर पनि गर्नु हुँदैन यस्ता काम, सम्पूर्ण पूजा हुन्छ निष्फल !