धनतेरसमा किन कुचो किन्ने चलन छ ? जान्नुहोस् शास्त्रले के भन्छ !

र्मिक मान्यता अनुसार तिहारको ठूलो महत्त्व छ । यो पर्व धनतेरसको दिनबाट सुरु भई भाइटिकाबाट समापन हुन्छ । धनतेरसको दिन सबैले धनको देवता कुबेर र लक्ष्मीको पूजा गर्छन्। यस दिन साँचो हृदयले पूजा गर्नाले परिवारमा आशीर्वाद र घरका सदस्यहरूमा धनको वर्षा हुने मान्यता राखिन्छ धनतेरसको दिनलाई लिएर मानिसहरूमा धेरै प्रकारका विश्वास प्रचलित छन्।

यस दिन कतिपयले भाँडाकुँडा किन्छन् भने कतिपयले चाँदीका सामान घरमा ल्याउनु शुभ मान्छन् । धनतेरसको दिन मानिसहरुमा कुचो किन्ने प्रचलन रहेको छ । यस दिन किन किनिन्छ कुचो जान्नुहोस्….

पौराणिक मान्यताका अनुसार धनतेरसको दिन जुनसुकै वस्तु किन्दा भविष्यमा तेह्र गुणा बढ्ने मान्यता रहेको छ। धनतेरसको दिन कुचो किन्नु धेरै शुभ मानिन्छ। सबैलाई थाहा नहुन सक्छ, मत्स्य पुराणमा कुचोलाई देवी लक्ष्मीको रूप मानिन्छ। यस दिन कुचो किन्दा सुख-शान्ति र धनको वृद्धि हुने विश्वास गरिन्छ । यस दिन किनेको कुचोले घर-परिवारमा भएको गरिबी हट्ने जनविश्वास रहेको छ ।

धनतेरसको दिन कुचो किन्ने अर्को मान्यता यो छ कि यसो गर्नाले देवी लक्ष्मी घरबाट बाहिर जाँदैनन् । यसका साथै यस दिन घरमा कुचो ल्याउँदा पुरानो ऋणबाट मुक्ति मिल्ने र घरमा सकारात्मकता फैलिने विश्वास पनि कतिपयको छ । धनतेरसको दिन सुन चाँदीको सामान खरिद गर्नु पनि शुभ मानिन्छ। धेरैले यो दिन नयाँ लुगा पनि किन्ने गर्छन् । यदि तपाइँ भौतिक साधन लिने सोचमा हुनुहुन्छ भने, धनतेरसको दिन यसको लागि उपयुक्त हुन्छ।

अर्को समाचार:

राम्रो बितेको जीवन बर्बाद हुन्छ यस्ता महिलाको संगतले, सन्तानमा पनि पर्छ नराम्रो असर