८५ दिनसम्म ३ राशिमाथि कृपालु रहनेछ क्रूर ग्रह शनि, शतभिषा नक्षत्रमा गर्यो प्रवेश

काठमाडौँ : सबैभन्दा क्रूर ग्रह शनिले आफ्नो नक्षत्र परिवर्तन गरेको छ। शनिले राहु नक्षत्रमा प्रवेश गरेको हो। असोज १७ गते बिहिबार दिउँसो १२ बजेर २५ मिनेटमा शनि ग्रहले राहुको नक्षत्र शतभिषा प्रवेश गरेको हो। शनि यस नक्षत्रमा कुल ८५ दिनको लागि विराजमान रहनेछन्। पौष १२ गते शुक्रबार शनि दोश्रो नक्षत्रमा प्रवेश गर्नेछ।

पौष १२ गते राति १० बजेर ५७ मिनेटमा शनि ग्रह पूर्वाभाद्रपद नक्षत्रमा प्रवेश गर्नेछ। कतिपय राशिलाई ८५ दिनसम्म शनिको कृपा रहनेछ, आउनुहोस् जानौं ती कुन-कुन राशिमा शनिको कृपा रहनेछ ।

मेष राशि : 

मेष राशिका व्यक्तिहरूलाई शनिको शतभिषा नक्षत्रमा प्रवेश गर्दा लाभ हुनेछ। पौष १२ गतेसम्म क्रुर ग्रह शनि शतभिषा नक्षत्रमा विराजमान रहनेछ। धन सम्पतिमा वृद्धि हुने सम्भावना छ । समाजमा तपाईको मान सम्मान बढ्नेछ । मानिससँगको सम्बन्ध राम्रो रहनेछ । रोजगारीमा रहेका व्यक्तिले पदोन्नति पाउन सक्नेछन्, सहकर्मीसँग सजग रहनुहोला।

सिंह राशि :

शतभिषा नक्षत्रमा शनिको प्रवेशका कारण तपाईको आगामी दिन शुभ रहनेछ । तपाईले आफ्नो बच्चाबाट राम्रो कुरा सुन्न सक्नुहुन्छ। पेशा, व्यवसाय र जागिरमा प्रगति गर्न सकिनेछ। सिंह राशि हुनेहरुको घरमा केहि शुभ घटना घट्न सक्छ । आर्थिक लाभको सम्भावना छ ।

कुम्भ राशि :

कुम्भ राशिका व्यक्तिहरुलाई शतभिषा नक्षत्रमा प्रवेश गर्नु लाभदायक रहनेछ । मन प्रसन्न रहनेछ। आगामी दिनहरु तपाईका लागि राम्रो साबित हुनेछन्। यदि तपाई जागिर परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने, यसले तपाईलाई फाइदा पुर्याउन सक्छ। आर्थिक अवरोधबाट मुक्त हुनुहुनेछ। करियरमा सफलता मिल्नेछ । व्यापारमा प्रगति हुनसक्छ ।

अर्को समाचार:

महाष्टमी र महानवमी एकै दिन : ३ अद्भुत संयोगले ३ राशिलाई हुनेछ लाभ, धनकी देवीले गर्नेछिन् पैसाको वर्षात्