दशैँको टिकाको भोलिपल्ट शुक्रको गोचर : चम्किनेछ यी ३ राशिका भाग्य, कार्तिक २२ गतेसम्म गर्नेछन् प्रगति

काठमाडौँ : ज्योतिष शास्त्र अनुसार ग्रह र राशिको खास सम्बन्ध रहेको छ। तसर्थ, जब कुनै खाले परिवर्तन हुन्छ, यसले प्रत्यक्ष रूपमा सबै राशिहरूलाई असर गर्छ। ग्रहहरूको राशि परिवर्तन वा नक्षत्रको गोचरले १२ राशिमा राम्रो वा नराम्रो प्रभाव पार्न सक्छ। यो महिनामा सूर्य, बुध, शुक्र र मङ्गल जस्ता ठुल्ठुला ग्रहहरुले राशि परिवर्तन गर्नेछन्। यहीँ महिना शुक्र र बृहस्पतिको संयोगबाट राजयोगको निर्माण हुँदैछ। यस्तो अवस्थामा सबै राशिमा यसको प्रभाव देखिन सक्छ।

वैदिक ज्योतिष शास्त्रका अनुसार असोज २७ गते धन-वैभव र सुख – समृद्धिको कारक ग्रह शुक्रले राशि परिवर्तन गर्दैछ। यस समयमा शुक्र ग्रह वृश्चिक राशिमा प्रवेश गर्नेछ। शुक्र ग्रह यहीँ राशिमा कार्तिक २२ गतेसम्म विराजमान रहनेछ र बृहस्पतिसँग मिलेर समसप्तक राजयोगको निर्माण गर्नेछ।  हाल बृहस्पति वृष राशिमा विराजमान छ।

बृहस्पति र शुक्र एकअर्काबाट ७ भावको दुरीमा रहेकाले समसप्तक राजयोगको निर्माण हुनेछ । यो राजयोग १२ मध्ये ३ राशिका लागि उत्तम रहनेछ। आगामी दिनहरुमा ३ राशिका मानिसहरुको जीवनमा ठूला परिवर्तनहरु आउन लागेका छन् । आउनुहोस् जानौं ती राशिहरु कुन – कुन हुन् ?

वृष राशि : 

समसप्तक राजयोगको निर्माणसँगै वृष राशिको भाग्य खुल्नेछ। शुक्र र बृहस्पति दुवै ग्रह एकसाथ दयालु रहनेछन्। करियरमा आउने बाधाहरु हट्नेछन् । प्रेममा सफलता मिल्ने सम्भावना छ । धनसम्पत्ति बढ्दै जाँदा काम गर्नेलाई पदोन्नति मिल्नेछ ।

सिंह राशि: 

सिंह राशिका लागि समसप्तक राजयोग उत्तम साबित हुनेछ। आर्थिक समस्याले पिरोलिएका जनताको समस्या अब समाधान हुँदैछ । काममा मनग्य आम्दानी गर्न सकिनेछ । सूर्यको जस्तै तपाईको भाग्य पनि चम्किने छ। पारिवारिक सुखको अनुभव गर्न सकिनेछ ।

वृश्चिक राशि:

वृश्चिक राशिका लागि बृहस्पति र शुक्र लाभदायक रहनेछन् । कर्मचारी तथा व्यवसायीको उन्नति होला । यदि तपाई कुनै कुराको बारेमा चिन्तित हुनुहुन्छ भने, अब यसलाई अलविदा भन्ने समय आउँदैछ। तपाई असोज – कार्तिक महिनामा कतै घुमघामको लागि जान सक्नुहुन्छ। समाजमा आफ्नो छुट्टै पहिचान बनाउनुहुनेछ ।

अर्को समाचार:

कन्या राशिमा बनेको त्रिग्रही योगले मालामाल हुनेछन् यी ५ राशि, छिट्टै बन्नेछन् धनाढ्य