असार ३ गतेको राशिफल : सोमबार १२ राशिका दिन शुभ – शुभ कस्तो रहला ?

असार ३ गतेको पंचाङ्ग तथा राशिफल : –
दिन : सोमवार
तिथि : एकादशी ०४:४५ बजेसम्म, त्यसपछी द्वादशी
नक्षत्र : चित्रा १२:५८ बजेसम्म, त्यसपछी स्वाती
योग : परिघ २१:१९ बजेसम्म, त्यसपछी शिव
करण : वणिज १६:०१ बजेसम्म, त्यसपछी भद्रा ०४:४५बजेसम्म, त्यसपछी वव
कार्यक्रमहरू, ईद अल-अधा – बकर इद, स्मार्तको निर्जला एकादशी व्रत, विश्व खडेरी राेकथाम दिवस
असार ०३, २०८१, सोमवार
17 June, 2024
एकादशी, ज्येष्ठ शुक्लपक्ष
तछलाथ्व, ११४४ ने.सं.
सूर्योदय : – ५:१०
सूर्यास्त : – १९:००

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

तपाईको लागि लाभदायी दिन छ। व्यापार र व्यवसायमा अपेक्षित सफलता मिल्न सक्ला। घरको सजावटमा नयाँपन रहनेछ। सामाजिक प्रसंगमा उपस्थित हुनुहुन्छ। रमणीय स्थानमा आनन्द लुट्न सक्नुहुन्छ। आय वृद्दि होला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

नयाँ योजना र विचारधाराको नवीनताबाट व्यापार प्रगतिको दिशामा अग्रसर होला। कार्य सफलता मिल्न ढिलाई हुन सक्छ। पद्दोन्नति हुन सक्छ। मध्यान्नपछि व्यापारको अनुकुल वातावरण सिर्जना होला। पिता ठुला व्यक्तिको आशिर्वाद प्राप्त गर्नुहुन्छ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

खानपिनमा विशेष ध्यान दिनुहोला। नकारात्मक विचारलाई मनबाट निकाल्नुहोला। अनैतिक र अप्रमाणिक कार्यले विपत्तिमा पुर्याउन सक्छ। मध्यान्नपछि मानसिक अवस्थामा कमी आउनेछ। लेखन वा साहित्यिक प्रवृत्तिमा रुची रहनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

कसैसँग भावनात्मक सम्बन्ध बाध्न सक्नुहुन्छ र त्यस सम्बन्धमा केहि आधिक भावनाशील रहनुहुन्छ। मध्यान्नपछि स्वास्थ्य बिग्रिन सक्ला। उग्र बोली नगरेको नै उत्तम साबित हुन्छ। नयाँ कार्य प्रारम्भको लागि शुभ दिन छैन।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

व्यापार विस्तृतिकरणको दृष्टिले पैसाको आयोजन गर्नको लागि अनुकुल दिन छ। व्यवसायिक लाभ होला। धनप्राप्तिको प्रबल योग छ।  आर्थिक रूपले आम्दानी वृद्दि हुँदा आर्थिक कष्ट टाढा हुनेछ। राम्रो कपडा र खानपिनले मन प्रफुल्लित रहनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

कपडा खरिद गर्दा आनन्द र रोमाञ्चक महसुस गर्नुहुन्छ। कला प्रति अभिरुचि विशेष रहनेछ। व्यापार विकास हुँदा आनन्द  छाईरहनेछ। व्यवसायमा समय अनुकुल छ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तपाईको लागि दिन शुभ फलदायी छ। आमाको स्वास्थ्यको सम्बन्धमा चिन्ता रहनेछ। परिवारमा झगडा नहोस यस कुराको ध्यान राख्नुहोला। मध्यान्नपछि स्वस्थ अनुभव गर्नुहुन्छ। विधार्थीको लागि समय अनुकुल छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

तपाईको दिन व्यवसायको लागि अनुकुल छ। घरायसी जीवन आनन्दमय रहला। भाई-बहिनीसँग सम्बन्ध राम्रो रहला। शारीरिक र मानसिक रुपले निराश अनुभव होला। परिवारसँग मतभेद खडा होला। धन हानिको योग छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

बोली र व्यवहारमा ध्यान राख्नुहोला। आध्यात्मिक विचार र प्रवृत्तिमा दिनभर मन लागिरहनेछ। मध्यान्नपछि चिन्ता कम हुँदा मानसिक शान्ति अनुभव होला। शारीरिक र मानसिक रुपले स्वस्थ रहनुहुन्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

व्यवसायिक क्षेत्रमा अनुकूल वातावरण रहनेछ।  प्रत्येक कार्य बिना विध्न नै सम्पन्न होला। घरायसी जीवनमा उग्र वातावरण बनिरहनेछ।  आध्यात्मिक प्रवृत्तिमा अभिरुचि रहनेछ। मध्यान्नपछि  नकारात्मक विचारले आक्रमण गर्दा मनमा निराशाको बादल छाईरहनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

मानसिक रुपले धार्मिक भावनाको उदय हुनेछ। धार्मिक कार्य वा धार्मिक यात्रामा खर्च गर्नुहुन्छ। अदालती कार्यमा सफलता प्राप्त हुनेछ। ईश्वरको आराधनाले मनलाई शान्ति प्रदान गर्नेछ। मध्यान्नपछि प्रत्येक काम सरलतापुर्वक सम्पन्न हुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

व्यवसायिक क्षेत्रमा  लाभ होला। पारिवारिक जीवनमा सुख-शान्ति छाईरहनेछ। धार्मिक कार्यमा खर्च हुन सक्ला। मध्यान्नपछि कुनै कारणवश मानसिक रुपले चिन्तित रहनुहुन्छ। परिवारमा शान्तिदायी वातावरण रहनेछ।

अर्को समाचार:

जुन महिनाभर यी ४ राशिलाई मिल्नेछ धनै-धन, हुनेछ खुशीको वर्षात