जुन महिनाभर यी ४ राशिलाई मिल्नेछ धनै-धन, हुनेछ खुशीको वर्षात

जुन महिनामा सबै भन्दा निम्न उल्लेखित राशिहरुलाई लाभ मिल्नेछ।

वृष

यस राशि हुनेहरुलाई जुन महिनामा हरेक प्रकारको सुख मिल्न सक्ला। हरेक कार्य सफलतापूर्वक सम्पन्न हुनाले मन प्रसन्नित हुन सक्ला।जीवनसाथी साथै परिवारको भरपुर सहयोग मिल्न सक्ला। प्रेम सम्बन्धमा नयाँ आयाम थपिने देखिन्छ भने स्वास्थ्यले पनि साथ दिन सक्ला। महिनाको अन्त्यमा यात्राको अवसर जुट्न सक्ला।

मिथुन

यस राशि हुनेहरुलाई जुनको महिनामा व्यवसायमा एक्कासि आर्थिक लाभ हुने देखिन्छ भने नयाँ सम्बन्धको कारण नयाँ योजना प्राप्त हुन सक्ला। बोलीमा भएको मिठासको कारण सरकारी कार्यमा लाभ मिल्ने देखिन्छ भने राजनीतिक योजनामा सफल हुनेछ। महिनाको मध्यमा केहि सामाजिक समारोहमा सहभागी हुने मौका मिल्न सक्ला।

तुला

तुला राशि हुनेहरुको लागि जुन महिना धेरैनै शुभ हुने देखिन्छ। बिग्रिएका सम्बन्ध राम्रो भएर जानेछन् भने डुबेको व्यवसायमा पनि फेरी शुरु हुन सक्ला। महिनाको शुरुवातमा स्वास्थ्यमा केहि समस्या देखिने भएता पनि केहि दिनमानै स्वास्थ्यमा सुधार हुनेछ। यस महिना निर्यात-आयातको कार्यमा भनेको जस्तै मूनाफा हुनेछ।

मीन

जुन महिना मीन राशि हुनेहरुको लागि जागिर तथ्य नोकरीमा धेरै लाभ मिल्नेछ। पदोन्नती हुन सक्ला भने जागिरको शिलशिलामा यात्रा हुन सक्ला। व्यवसायमा पनि भनेको जस्तो लाभ हुन सक्ला। चिताएको सम्पूर्ण कार्य सम्पन्न हुन सक्ला भने कानुनी कार्यमा पनि सफलता हात लाग्नेछ। जुन महिनाको मध्यान्न तीर टाढिएका व्यक्तिसंग भेट हुन सक्ला।

अर्को समाचार:

असार ४ गतेको राशिफल : मङ्गलबार १२ राशिका दिन अनुकूल – प्रतिकूल कस्तो रहला ?