आगामी २० दिनमा चम्किनेछ मेष सहित २ राशिको भाग्य, गुरु-सूर्यले बनाउनेछ धनवान

काठमाडौँ : – शनि यति बेला कुम्भ राशिमा विराजमान छ र मार्गी चालमा गोचर गरिरहेको छ। शनि ग्रह उल्टो चालमा गोचर गर्नु केही राशिको लागि अत्यन्तै शुभ साबित हुन् सक्छ। पञ्चाङका अनुसार असार १५ गते राति १२ बजेर १५ मिनेटपछि वक्री चालमा गोचर गर्न सुरु गर्नेछ। कार्तिक ३० गते शुक्रबारको दिन शनि चाल बदलेर मार्गी हुनेछ। असार देखि कार्तिकसम्मम शनि वक्री रहनेछ। १३९ दिनसम्म शनिको गोचरका कारण कुन-कुन राशिको भाग्य चम्कन सक्छ, जानौं-

कन्या राशि 

कन्या राशिका व्यक्तिहरूले शनिको वक्री चालबाट ठूलै लाभ प्राप्त गर्न सक्छन्। यस राशिको छैठौं भावमा शनि वक्री हुनेछ। आम्दानीमा वृद्धि हुने सम्भावना पनि छ। त्यस्तै तपाईले सोचेको पनि नहुने ठाउँबाट पैसा आउनेछ। प्रेम जीवनमा रोमान्स कायम रहनेछ। करियरको स्थिति पनि राम्रो रहनेछ।

मेष राशि

मेष राशिका व्यक्तिका लागि शनिको उल्टो चाल लाभदायक मानिन्छ। व्यापार – व्यवसायीहरुका लागि समय निकै शुभ रहनेछ। व्यापारमा लाभको सम्भावना छ। तपाईले नयाँ कामको प्रस्ताव पनि पाउन सक्नुहुन्छ। परिवारमा शान्तिको वातावरण रहनेछ। आर्थिक अवस्था पनि स्थिर रहनेछ ।

वृष राशि

वृष राशिका लागि शनिको उल्टो चाल शुभ साबित हुन सक्छ। यस राशिको कर्म घरमा शनि वक्री हुनेछ। जीवनमा आइरहने समस्याहरू कम हुन थाल्नेछन्। सन्तानको सम्बन्धमा केही शुभ समाचार सुन्न सकिनेछ । स्वास्थ्य राम्रो रहनेछ। साथै, आर्थिक स्थिति पनि बलियो रहनेछ।

अर्को समाचार:

जेठ १३ गतेको राशिफल : आईतबार यी ५ राशिका लागि लाभदायक छ दिन, तपाइको दिन कस्तो रहला ?