चैत्र २९ गतेको राशिफल : बिहिबार ४ राशिका दिन शुभ रहला, तपाईको दिन कस्तो रहला ?

पञ्चाङ्ग : –
दिन : बिहीवार
तिथि : तृतीया १८:३७ बजेसम्म, त्यसपछी चतुर्थी
नक्षत्र : भरणी ०६:११ बजेसम्म, त्यसपछी कृत्तिका ०५:२४ बजेसम्म, त्यसपछी रोहिणी
योग : प्रीति १०:३० बजेसम्म, त्यसपछी आयुष्मान्
करण : तैतिल ०७:२५ बजेसम्म, त्यसपछी गर १८:३७ बजेसम्म, त्यसपछी वव

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

दिनको प्रारम्भमा नया कार्यको सुरुवात गर्नको लागि तपाई उत्साहित रहनुहुनेछ  । शरीर र मनको स्वस्थताले पनि तपाईको उत्साहलाई वृद्धि गर्नेछ। खानपानमा ध्यान दिनुहोस। धन-सम्बन्धि  लेनदेनमा ध्यान राख्नुहोस। यसदिन मध्यम फलदायी रहनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

यसदिन तपाई  घरका सदस्यहरूसँग आवश्यक छलफलहरू गर्नुहुनेछ। साथै घरको सजावट र अन्य विषयमा परिवर्तन गर्न तपाइको रुचि बढ्नेछ। मतको साथ राम्रो सम्बन्ध रहेनछ। आकस्मिक धन लाभ हुने सम्भावना रहेको छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

पारिवारिक र व्यावसायिक क्षेत्रमा तपाइको दिन राम्रोसंग बित्नेछ। दुवै स्थानमा आवश्यक विषयको बारेमा छलफलपछि एक निर्णायक स्थिति सिर्जना गर्न सकिन्छ। मध्यान्हपछि स्वास्थ्य राम्रो रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

यसदिन तपाइको  व्यवहार न्यायपूर्ण रहेनछ। तपाईलाई तोकिएको कार्य गर्न प्रेरणा मिल्नेछ । स्वास्थ्य बिग्रिन सक्नेछ। क्रोधको मात्रा पनि अधिक हुनेछ। तर मध्यान्हपछि शारीरिक स्फूर्ति तथा मानसिक निश्चितताको कारण तपाईले आफुलाई प्रफुल्लित पाउनुहुनेच।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

यसदिनको सुरूमा तपाईले शारीरिक र मानसिक रुपमा चिन्ताको अनुभव गर्नुहुनेछ। क्रोध अधिक हुदा कसैको साथ मनमुटाव हुनेछ। तर मध्यान्ह पछि तपाइको शारीरिक र मानसिक स्थितिमा सुधार आउनेछ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

यसदिन तपाईले कुनै पनि किसिमको कार्य नगर्नुहोस। यसदिन प्रेम र क्रोधको भावनालाई छोडेर  समान रूपले व्यवहार गर्ने दिन हो।आध्यात्मिक क्षेत्रमा उपलब्धि प्राप्त हुने योग छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

यसदिनको सुरुवात रमाईलोबाट हुनेछ। विचारमा उग्रता र अधिकारत्वको भावना मनमा  रहनेछ। आर्थिक लाभ र यात्राको सम्भावना छ।शत्रुबाट सावधान रहनुहोस।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

यसदिन बौद्धिक कार्य गर्न, सार्वजनिक सम्बन्ध कायम गर्न र मानिसहरूसँग मिलेर बस्नको लागि राम्रो  रहेको छ। छोटो यात्रा हुने सम्भावना रहेको छ। पारिवारिक जीवनमा आनन्द छाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

शारीरिक तथा मानसिक स्वास्थ्यलाई लिएर सावधान रहनुहोस। अधिक श्रम गर्दा सफलता प्राप्त हुनेछ। शरीरमा स्फूर्तिको संचार हुनेछ ।आर्थिक लाभको लागि समय अनुकुल हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

यसदिन तपाई संवेदनशिल रहनुहुनेछ। तपाइको भावनामा ठेस पुग्न सक्छ। सवारी चलाउने समयमा ध्यान राख्नुहोस। कुनै पनि कार्यमा छिट्टो  निर्णय लिनुहोस् । कार्य सफलताको लागि अधिक परिश्रम गर्नुपर्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

यसदिनको सुरुवातमा नयाँ काम सुरु गर्नका लागि एकदम अनुकूल समय छ। मध्यान्हपछि तपाईमा मानसिक चिन्ता वृद्धि हुनेछ। माताको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

यसदिन तपाई आफ्नो स्वार्थी व्यवहारलाई टाढा राख्नुहोस। घर, कुटुम्ब तथा व्यावसायिक क्षेत्रमा समान व्यवहार अपनाउनुहोस्। छोटो यात्रा गर्ने सम्भावना रहेको छ।  तपाई नया कार्य गर्नको लागि उत्साहित हुनुहुनेछ।

अर्को समाचार:

२०८१ सालको वार्षिक राशिफल : यी राशिलाई राम्रो छ यो वर्ष, आँटेका-चाहेका कामहरु सफल हुनेछन्