२०८१ सालको वार्षिक राशिफल : यी राशिलाई राम्रो छ यो वर्ष, आँटेका-चाहेका कामहरु सफल हुनेछन्

२०८१ सालको वार्षिक राशिफल

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : यस वर्षका ग्रहगोचरहरू अनुकूल रहेकाले तपाईको कार्यक्षमतामा उल्लेख्य वृद्धि भएर जानेछ । शारीरिक आरोग्यता एवं मानसिक प्रसन्नता बढेर जाने छ। पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा अभिरुचि लाग्ने छ। नयाँ काम मिल्नुका साथै कर्मचारी वर्गका लागि पदोन्नतिको समेत सम्भावना छ । सन्तानको तर्फबाट सन्तोष एवं पारिवारिक सुखको अनुभूति हुनेछ। व्यापार व्यवसायमा सफलता मिल्नुका साथै आम्दानीका नयाँ स्रोतहरूसमेत फेला पर्नेछन्। घरपरिवारमा धार्मिक एवं माङ्गलिक कार्यको आयोजना हुने योग छ। दाम्पत्य सुखसम्बन्ध राम्रो भएर जाने छ। यात्रा एवं मनोरञ्जनका अवसर समेत मिल्ने छन्। सफलताको हिसाबले असार, असोज, माघ र फागुन महिना राम्रा छन्।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाने सम्भावना छ । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा उचित ध्यान दिनुपर्ने छ। पठनपाठनमा मध्यम सफलता मिल्ने छ । घरायसी एवं पारिवारिक खर्चको मात्रा बढेर जाने छ । नयाँ योजनाका साथ कर्तव्यपथमा निरन्तर लागि पर्ने ग्रहयोग छन् । असोज एवं कात्तिक महिनामा आकस्मिक यात्राको योग छ । वाणिज्य व्यापार आदि क्षेत्र सन्तोषजनक रहने छ । कृषकका लागि पशुपालनबाट लाभ मिल्ने छ । सफलताको हिसाबले साउन, कात्तिक, फागुन र चैत महिना राम्रा छन् ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : वर्षभरि नै बृहस्पतिको अनुकूलताले गर्दा पठनपाठनमा अभिरुचि बढेर जानुका साथै बौद्धिक क्षेत्रका काममा समेत सफलता मिल्ने छ । मानसिक प्रशन्नताका साथै शारीरिक आरोग्यता समेत अनुकूल रहने छ । कर्मचारी वर्गका लागि मानसम्मान एवं पदोन्नति गराउने देखिन्छ । घर परिवारमा माङ्गलिक कार्यको आयोजना हुने सम्भावना छ। दाम्पत्य एवं पारिवारिक सुखसम्बन्धमा सुमधुरताको आभास गराउला । नयाँ काम एवं लगानी गर्नका लागि समेत वर्ष अनुकूल छ । वर्षभरि नै आठौँ अढैयाशनिदशा भएकाले यात्रा एवं सवारी चलाउँदा भने विशेष होसियारी अपनाउनुपर्ने योग छ। शनिबारपीपलमा जलार्पण गर्दा अस्वस्थता एवं चोटपटकबाट भय हुने छैन । सफलताको हिसाबले भदौ, मङ्सिर, चैत र वैशाख महिना राम्रा छन्।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : वर्ष मध्यम फलदायी रहने देखिन्छ । स्थान परिवर्तन एवं यात्राको सम्भावना छ । आर्थिक पक्षका कामबाट मध्यम सफलता मिल्नेछ । नोकरी क्षेत्रमा सन्तोषजनक अवस्था रहने छ। पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्नाले सोचे अनुसारको सफलताका लागि धेरै परिश्रम र लगनशीलताको आवश्यकता पर्ने देखिन्छ । मानसिक अस्थिरता एवं दुविधाहरू केही बढेर जान सक्ने छन्। स्वास्थ्यमा समेत सामान्य समस्या आइपर्ने योग रहेकाले आहारविहारमा ध्यान पु¥याउनुपर्ने छ। कृषकका लागि पशुपालनबाट लाभ गराउने देखिन्छ। ठूलो लगानी एवं नयाँ कामको थालनी गर्न भने वर्ष त्यति राम्रो देखिँदैन्। सफलताको हिसाबले असोज, पुस, वैशाख र जेठ महिना राम्रा छन्।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : यस वर्षका ग्रहगोचर अनुकूल रहेकाले मनले सोचेका योजनामा सफलता मिल्नेछ । मानसिक प्रसन्नताका साथै शारीरिक आरोग्यतासमेत अनुकूल रहने छ। पारिवारिक सुखसम्बन्धमा सुधारको योग छ । व्यापारी वर्गका लागि आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । विद्यार्थी वर्गका लागि पढाइमा अभिरुचि बढेर जानुका साथै महìवपूर्ण सफलता मिल्ने छ । वैदेशिक यात्रा एवं रमाइलो भ्रमणको सम्भावना रहेका छन् । नयाँ लगानी एवं कारोबार गर्नका लागि समेत वर्ष राम्रो देखिन्छ। घरपरिवारमा धार्मिक एवं माङ्गलिक कार्यको आयोजना हुने सम्भावना छ । मानसम्मान एवं पदप्रतिष्ठा समेत बढेर जाने योग छ । सफलताको हिसाबले कात्तिक, माघ, जेठ र असार महिना विशेष महत्वपूर्ण रहने छन्।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : मध्यम फलदायी वर्ष रहने छ । सामान्य स्वास्थ्यसम्बन्धी केही समस्या देखा पर्न सक्ने छन्। सोचेका योजना एवं आँटेका काममा केही ढिलासुस्ती गराउने योग छ । घर-परिवारमा विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्यको आयोजना हुने सम्भावना छ । वर्षको उत्तरार्धमा यात्रा एवं भ्रमणको योग देखिन्छ । नोकरी क्षेत्रमा सन्तोषजनक अवस्था रहने छ भने व्यापार क्षेत्र मध्यम रहने छ । पठनपाठनमा सामान्य बाधाअड्चनको सामना गर्नुपर्ने छ । जग्गाजमिन तथा वाहनसम्बन्धी कारोबारबाट केही झैझमेला बेहोर्नुपर्ने सम्भावना रहेकाले सो सम्बन्धी कारोबार नगर्दा नै राम्रो हुने छ । वर्षको उत्तरार्धमा मनोरञ्जन एवं धनागमको सम्भावना छ। सफलताको हिसाबले असार, साउन, मङ्सिर र फागुन महिना विशेष महत्वपूर्ण रहने छन् ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : मानसिक प्रसन्नताका साथै शारीरि क आरोग्यता अनुकूल रहने छ। पठनपाठनका साथै धार्मिक काममा अभिरुचि बढेर जाने छ। सोचेका योजनाले गति लिनाले आँटेका काममा सफलता मिल्ने देखिन्छ। घरायसी एवं पारिवारिक चिन्ता केही बढेर जाला। घर तथा जग्गाजमिनसम्बन्धी केही झमेला थपिने योग छ। व्यापार आदि क्षेत्रबाट राम्रै लाभ गराउने छ। तीर्थयात्रा एवं विदेश यात्राको योग छ। इष्टमित्र एवं आफन्तजनमा सामान्य कटुताको अनुभूति गराउने देखिन्छ। कृषकका लागि हानि नोक्सानी बेहोर्नुपर्ने सम्भावना छ। कर्मचारी वर्गका लागि मानसम्मान एवं पदप्रतिष्ठा बढेर जानेछ । व्यापारी वर्गका लागि समेत वर्ष फलदायी छ । सफलताको हिसाबले साउन, भदौ, पुस र चैत महिना विशेष महत्वपूर्ण रहने छन्।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : शनि अनुकूल रहनाले वर्षभरि नै कार्यक्षमतामा बढोत्तरी गराउने छ । शारीरिक आरोग्यता अनुकूल रहने छ । पारिवारिक घरायसी झमेलाले केही बढी नै सताउने छ। ठूला नयाँ योजनाका साथै रोकिएका कामसमेत अघि बढ्नेछन् । वर्षको उत्तरार्धमा भाग्यले साथ दिनाले मानसम्मान एवं पदप्रतिष्ठा समेत बढेर जाने छ । रमाइलो भ्रमण एवं विदेश यात्राको समेत सम्भावना बलियो छ । विद्यार्थी वर्गका लागि पढाइमा दिलचस्वी कम गराउने देखिन्छ । सामान्य मानसिक चिन्ता एवं दुविधा बढ्ने योग छ । आर्थिक दृष्टिको णबाट वै शाख, भदौ , असोज र माघ महिना राम्रा छन्।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : यस राशिका व्यक्तिका लागि पूरै वर्षभरि नै अन्त्य साढेसाती शनिदशा रहने छ, जसले गर्दा आँटेका काममा अनावश्यक बाधाअड्चन एवं ढिलासुस्ती समेत गराउने छ । स्वास्थ्यमा क्रमशः सुधारको अवस्था रहने छ। आफन्त, इष्टमित्र एवं पारिवारिक सम्बन्धमा समेत सुधार हुँदै जानेछ । बृहस्पतिको अनुकूलताले गर्दा वर्षको उत्तरार्धमा काममा सफलता मिल्ने, धार्मिक एवं सामाजिक काममा अभिरुचि बढेर जाने छ । घरायसी खर्चको मात्रा बढेर जाला। ठूलो लगानी एवं नयाँ कारोबार भने नगर्दा नै बेस हुनेछ । साझेदारीको काममा विवाद आउने देखिएकाले सावधानी अपनाउनुपर्ने छ । घर तथा जग्गाजमिनसम्बन्धी विषयमा सामान्य विवाद समेत निस्कने योग छ । आर्थिक हिसाबले जेठ, असोज, कात्तिक र फागुन महिना विशेष लाभदायक रहने छन्।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : तपाईका लागि वर्षभरि नै मध्यसाढेसाती शनिदशा रहने छ, जसले गर्दा स्वास्थ्यका साथै कारोबारमा समेत सामान्य उतार चढावको स्थिति आइपर्ने छ। कार्य व्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही ज्यादा पर्न जाने छ । वर्षको उत्तरार्धमा रमाइलो ठाउँको भ्रमण, साथीहरूसँगको भेटघाट, भोजभतेर जस्ता मनोरञ्जनका अवसर प्रशस्त मिल्ने छन्। दाम्पत्य सम्बन्धमा मिठासको अनुभूति हुनुका साथै युवावर्गका लागि मनोरञ्जनका अवसर समेत मिल्ने छन् । अध्ययन अध्यापनमा गहिरो अभिरुचि लाग्नुका साथै महत्वपूर्ण सफलता समेत मिल्ने छ । वर्षको उत्तरार्धमा परिवारमा माङ्गलिक एवं धार्मिक कार्यको आयोजना हुने सम्भावना छ। साथीभाइ तथा इष्टमित्रहरूको सहयोगले महत्वपूर्ण काम बन्ने छन् । आर्थिक दृष्टिले असार, कात्तिक, मङ्सिर र चैत महिना फलदायी रहने छन् ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : तपाईंका लागि यो वर्ष मध्यम फलदायी रहने छ । साढे सात शनिदशाका कारण मनले सोचेका योजनामा अनावश्यक बाधाअड्चन एवं ढिलासुस्ती समेत गराउने देखिन्छ। ठूलो लगानी एवं नयाँ काम गर्नका लागि भने त्यति राम्रो वर्ष छैन । घरायसी खर्चको मात्रा बढेर जाने छ। अध्ययन अध्यापनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । वर्षको उत्तरार्धमा धार्मिक तथा रमाइलो यात्राको सम्भावना छ । सामान्य चोटपटकको योग रहेकाले यात्रा एवं सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने छ। सफलताको हिसाबले वैशाख, साउन, मङ्सिर र पुस महिना विशेष फलदायी रहने छन्।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : कार्यव्यस्तता  बढेर जाने छ । शारीरिक आरोग्यता अनुकूल रहने छ । आम्दानीका नयाँ बाटा फेला पर्नाले आर्थिक पक्ष बलियो भएर जाने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । कृषि तथा पशुपालन क्षेत्र राम्रो छ । दाम्पत्य सुख-सम्बन्धका साथै पारिवारिक सुख समेत अनुकूल रहने छ । वर्षको पूर्वार्धमा सामान्य विवादमा पार्न सक्ने , मानसम्मानमा आँच आउने , झुट्टा आरोपसमेत लाग्न सक्ने देखिएकाले सोचविचारका साथ काम गर्नुपर्ने छ । वर्षको उत्तरार्धमा नोकरीमा सफलता, नवीन कामको थालनी, आर्थिक समुन्नतिका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । आर्थिक दृष्टिकोणबाट जेठ, भदौ , पुस र माघ महिना महत्वपूर्ण रहने छन् ।

अर्को समाचार:

बैशाख १ गतेको राशिफल : नववर्षको पहिलो दिन तपाईको दिन शुभ – अशुभ कस्तो रहला ?