साप्ताहिक राशिफल : असोज १९ गतेसम्म यी ५ राशिलाई शुभ छैन यो साता, सानातिना बाधा आई नै रहनेछन्

साताको राशिफल :

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – 

यो साता पूरा काम बन्ने छैन । खर्च भने बढी नै रहला । व्यस्तता अति हुनेछ । घुमफिर पनि त्यत्तिकै होला । पढाइमा एकाग्रता छैन । शनिबारको दिन अलिकति लाभ हुनेछ । आइतबार र सोमबारका दिन भने प्रशस्त खर्च गराउने खालका छन् । गणेशको दर्शन गरी नै रहनुहोस् ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – 

पहिलेको भन्दा सप्रिएको साता छ । सम्मान र प्रतिष्ठामा भएको हानिलाई परिपूर्ति गर्न सकिने अवस्था छ । मित्रको सहयोग राम्रैसित पाउनु होला । प्राविधिक खाले काममा राम्रै सफलता छ । शिक्षाकै क्षेत्रमा पनि पहिलेको भन्दा प्रगति हुने देखिन्छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । धेरै काम बन्नेछन् । भ्रमणले गर्दा पनि उपलब्धि नै पाउनुहुनेछ । व्यापार, व्यवसायमा हानि देखिन्न । नजिकका भन्दा टाढाका मित्रले सहयोग दिनेछन् । प्रेम र विवाहको कुरामा समेत प्रगति हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – 

शनिबार त्यति राम्रो छैन । बनिसकेको काममा पनि बाधा आएर बिग्रिएला । आइतबारदेखिका अरू दिन राम्रा देखिन्छन् । खर्च भए पनि असल काम नै गरिएला । व्यावसायिक कामले अलिकति भए पनि लाभ नै पाउनु हुनेछ । मित्र सहयोग मिल्ने देखिन्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – 

यो सातालाई मध्यम रूपमा लिए हुन्छ । आधा काम बन्लान् भने आधा बाँकी रहनेछन् । शनिबार राम्रै प्रगति होला । आइतबारदेखि भने सानातिना बाधा आई नै रहनेछन् । त्यसलाई छिमल्न गाह्रो पर्नेछ । शिवजीको ध्यान नगरीकन समस्याबाट मुक्ति पाउनुहुने छैन ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – 

मनमा डर लागिरहला । बढ्दै गएको खर्चको मात्रा हेर्दा आर्थिक समस्या विकराल हुने हो कि भन्ने शङ्कासमेत पर्नेछ । व्यावसायिक लाभ त्यति देखिन्न । आफ्नोभन्दा पनि परिवारको आवश्यकता पूरा गर्न बढी खर्च गर्न‘पर्ला । गणेशको आराधना गरी नै रहनुहोस् ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – 

त्यति नराम्रो साता छैन । पूरा काम नबने पनि असफलता देख्नुपर्ने छैन । अलिकति परिश्रम भने बढाउनुपर्ने देखिन्छ । असल कुरा तपाईंको कानमा पर्न सक्छन् । विवाहसम्बन्धी प्रस्तावसमेत सकारात्मक मोडमा जानेछ । भगवतीको आराधनाले धेरै बाधा हट्नेछन् ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – 

खर्च त घट्ने छैन तर गरेका काममा प्रगति हुनाले मनमा सन्तोष नै होला । यात्राको सम्भावना छ भने यात्राकै लागि खर्च पनि हुनेछ । पैसाको बचत हुने समय छैन । राम्रो काममा नै खर्च हुनाले मानसिक चिन्ता भने पर्ने देखिन्न । भोजभतेर निकै पर्नेछन् ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – 

यो साता स्वास्थ्य त्यति राम्रो रहनेछैन । स्वास्थ्यकै कारणले गर्दा खर्च बढ्न सक्छ । जागिरमा भएको अनिश्चितता समाप्त होला । पेटसम्बन्धी सिकायतलाई हटाउन भैरवको दर्शन गरिरहनुहोस् । वैवाहिक कुरामा भने बाधा आउन सक्छ । आइतबार र सोमबार त्यति राम्रा छैनन् ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – 

केही काम बने पनि पूर्ण सन्तुष्टि पाइने देखिन्न । बाधा दिनेहरू धेरै छन् । त्यसैले खर्चको मात्रा बढ्न सक्छ । सहयोग दिनेहरू भएकाले पूर्ण निराश भने बन्नुपर्ने छैन । पढाइतिर आउनुपर्ने गतिशीलता अझै देखिँदैन । बटुक भैरवलाई मानिरहनुहोस् ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

रमाइलोसित साता सुरु होला । सुरुकै दिनमा इष्टमित्रसँग भेट हुनुका साथै रमाइलोसमेत निकै गरिएला । आइतबारदेखि भने खर्च बढ्ने सम्भावना छ तर हातले समातेको व्यवसायले राम्रो लाभ दिनाले खास पीर मान्नुपर्ने छैन । मित्र सहयोग सीमित मात्रामा मात्रै छ ।

मीन राशि  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – 

सामान्य खालको साता छ । अलिकति काम बने पनि सन्तोष लिने ठाउँ थोरै मात्र छ । खर्च बढी नै रहला र त्यसलाई पूर्ति गर्न निकै परिश्रमको खाँचो पर्ला । इष्टमित्रसँग भेटघाट भए पनि उनीहरूबाट विशेष सहयोग भने पाउनुहुने देखिन्न । पढाइमा बाधा आइरहला ।

अर्को समाचार:

असोज १३ गते राशिफल : आइतबार ४ राशिलाई चौतर्फी लाभ, ३ राशि रहनुहोस् सजग