असोज १० गतेको राशिफल: बुधबार ४ राशिलाई शुभ साबित हुनेछ, ३ राशिलाई मिल्नेछ शुभ समाचार

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। असोज १० गते बुधबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। बुधबारको दिन भगवान गणेश नाममा समर्पित हुने गर्दछ। बुधबार भगवान गणेशको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ।  बुधबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

असोज १० गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – बुधबार ।।। नक्षत्र- धनिष्ठा ०६:०१ बजेसम्म, त्यसपछी शतभिषा ०४:२० बजेसम्म, त्यसपछी पूर्वभाद्रपदा ।।। तिथि – त्रयोदशी २०:४२ बजेसम्म, त्यसपछी चतुर्दशी ।।। करण – कौलव ०९:५५ बजेसम्म, त्यसपछी तैतिल २०:४२ बजेसम्म, त्यसपछी गर ।।। योग – धृति ०७:५० बजेसम्म, त्यसपछी शूल ०४:४४ बजेसम्म, त्यसपछी गण्ड ।।। असोज १०, २०८०, बुधवार ।।। २७ सेप्टेम्बर सन् २०२३ ।।। त्रयोदशी, भाद्र शुक्लपक्ष ।।। ञलाथ्व, ११४३ ने.सं. ।।। सूर्योदय– ५:५५ ।।। सूर्यास्त – १७:५३ ।।। कार्यक्रमहरू : – विश्व पर्यटन दिवस (World Tourism Day),  प्रदोष व्रत ।।। शुभ साइत : – पास्नी गर्ने साइत, रुद्री गर्ने साइत ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

पारिवारिक समस्याको कारण केही तनाव हुनसक्छ। मानसिक स्पष्टताको लागि भ्रम र उदासीबाट बच्न प्रयास गर्नुहोस्। वैवाहिक जीवनमा प्रेम सम्बन्धले तपाईको प्रतिष्ठालाई धमिलो पार्न सक्छ। आम्दानी बढ्न सक्छ। बोलीमा सावधानी अपनाउनु पर्ने देखिन्छ ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

सरकारी पक्षको सहयोग प्राप्त हुनेछ। समाजमा मान सम्मान बढ्नेछ । अचल सम्पत्तिको बारेमा धेरै सावधान रहनुहोस्। पदोन्नतिको सम्भावना सृजना भइरहेको छ, अदालतसँग सम्बन्धित काम समयमै पूरा हुनेछन्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

यात्रा गर्ने योजना बन्न सक्छ। पारिवारिक मामिलामा अचानक यात्रा गर्नु पर्ने देखिन्छ। कार्य क्षेत्रको दिशा परिवर्तनबाट खासै लाभ हुनेछैन। नोकरीमा पदोन्नतिको सम्भावना छ ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

अरुभन्दा अगाडि बढ्ने इच्छा तीव्र हुन सक्छ। संवेदनशील घरेलु समस्याहरू समाधान गर्न आफ्नो बुद्धि र प्रतिभाको प्रयोग गर्नुपर्दछ। आर्थिक स्थितिमा केही ठूलो परिवर्तनको सम्भावना छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

कार्यालयमा अआफु भन्दा सानाबाट सहयोग प्राप्त हुन सक्छ। केही पुराना विषयमा चिन्ता बढ्न सक्छ। केही तनावको सामना गर्नुपर्ने हुन सक्छ। सबै समस्याहरू हट्नेछन्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

ज्ञानको तिर्खाले तपाईलाई नयाँ साथी बनाउन मद्दत गर्नेछ। आर्थिक रुपमा यो दिन सफल रहनेछ । सम्पत्तिसँग सम्बन्धित मामिलाहरू समाधान हुनसक्छन्। भौतिक सुख प्राप्त हुनेछ। दिन सन्तानलाई समय दिनु भन्दा आफैलाई समय दिनु राम्रो हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

आफन्तबाट आर्थिक सहयोग मिल्नेछ । खर्चमा अप्रत्याशित बृद्धिले मानसिक शान्ति खलबल्नेछ। आफन्तसँग बिताएको समय तपाईको लागि लाभदायक हुनेछ। तपाईको घर साँझमा अचानक पाहुनाले भरिपूर्ण हुन सक्छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

आम्दानीका नयाँ स्रोत खुल्दा आर्थिक समस्या समाधान हुनेछ । साँझसम्म नजिकका साथीभाइसँग भेटघाट हुनेछ। जीवनमा प्रगति हुनाले परिवारमा खुशीको वातावरण रहनेछ। कुनै पनि व्यापार योजना स्थगित गर्नु उचित हुँदैन।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

व्यापारिक कार्यमा सुधार आउनेछ । नजिकका मानिसहरूबाट धेरै भेदभाव देखा पर्न सक्छन्। महसुस गर्नुहुनेछ कि वैवाहिक जीवनले तपाईलाई वास्तवमै राम्रो भाग्य ल्याएको छ। व्यापार-व्यसाय मा नसोचेको लाभ हुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

कुनै राम्रो ठाउँ घुम्ने योजना बन्नेछ। प्रियजनबाट टाढा हुनुको दु:खले सताउनेछ। आर्थिक समस्याका कारण आलोचना र वादविवादको सामना गर्नु पर्नेछ। चतुराईले ठुलो फाइदा उठाउन सक्छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

धन प्राप्ति हुन सक्छ। तपाईको साहसले माया पाउन सफल हुनेछ। आर्थिक पक्ष बलियो रहनेछ । व्यापार साझेदारसँग मिलेर गरेको कामबाट फाइदा उठाउन सकिनेछ। भाग्यले साथ दिनेछ। आफ्नो बोली नियन्त्रण गर्नुहोस्।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

घरजग्गा खरिद गर्ने योजना बनाउन सक्नुहुन्छ। कार्यस्थलमा तपाईको कार्यसम्पादनबाट उच्च अधिकारीहरू प्रभावित हुनेछन्। मानसिक चिन्ताको अनुभव हुनेछ। धन खर्च बढ्नेछ। नम्र स्वभावको प्रशंसा हुनेछ। धेरै मानिसहरूले तपाईंको धेरै प्रशंसा गर्न सक्छन्।

अर्को समाचार:

असोज १२ गतेको राशिफल : शुक्रबार ५ राशिलाई छ अत्यन्तै शुभ, ३ राशिलाई हुनेछ अप्रत्याशित लाभ