भोलि भालचन्द्र संकष्टी चतुर्थी: ३ राशिका भगवान गणेशको कृपा दृष्टि, कुन-कुन राशि ?

कुनै पनि शुभ कार्य गर्नु अघि भगवान श्री गणेशको पूजा गरिन्छ। धार्मिक मान्यता अनुसार भगवान गणेशलाई देवताहरूमध्ये पहिलो पूजनीय देवता मानिन्छ। विघ्नहर्ताको पूजा गर्नाले जीवनका सबै दुःखको अन्त्य हुने मान्यता छ। चैत्र महिनाको कृष्ण पक्षको संकष्टी चतुर्थीलाई भालचन्द्र संकष्टी चतुर्थी भनिन्छ। यस वर्ष भालचन्द्र संकष्टी चतुर्थी भोलि ११ मार्च शनिबार छ।
यस दिन भगवान गणेशको पूजा गर्नाले मनोकांक्षा प्राप्त हुने जनविश्वास रहेको छ। आर्थिक समृद्धि आउँछ। ज्योतिष शास्त्रका अनुसार भगवान श्री गणेशको कृपा भएका १२ राशि मध्ये केही राशिहरु छन्। जान्नुहोस् यी राशिको बारेमा जसलाई भोलि शनिबारको दिन शुभ हुनेछ।
मेष राशि 
ज्योतिष शास्त्रका अनुसार मेष राशि भगवान श्री गणेशलाई धेरै प्रिय हुन्छ। यस राशिका मानिस जन्मदेखि नै बुद्धिमान र साहसी मानिन्छन्। भगवान श्री गणेशको कृपाले यस राशिका मानिसले आफ्नो कर्ममा सफलता प्राप्त गर्ने जनविश्वास रहेको छ। आत्मविश्वास उच्च रहन्छ। मेष राशिका व्यक्तिहरूले भगवान गणेशको पूजा गर्नाले शुभ फल प्राप्त हुन्छ।
मिथुन राशि  
ज्योतिषीहरूका अनुसार मिथुन राशिका मानिसहरूलाई भगवान गणेशको आशीर्वाद प्राप्त हुन्छ। यो राशिका मानिस हरेक काममा निपुण मानिन्छन्। यस राशिका विद्यार्थीलाई बुद्धिमानी मानिन्छ। यो राशिका व्यक्तिहरु अरुको सहयोगमा सधैँ अग्रसर हुन्छन्। उनीहरु दयालु स्वभावका हुन्छन्।
मकर राशि  
भगवान श्री गणेशको मनपर्ने राशि मध्ये एक मकर राशि मानिन्छ। यस राशिको स्वामी शनिदेव ग्रह हुनुहुन्छ। यो राशिका मानिस मेहनती र साहसी हुने विश्वास रहेको छ। आफ्नो बुद्धिको बलमा आफ्नो काममा सफलता हासिल गर्छन्। यस्ता व्यक्तिलाई भाग्यमानी मानिन्छ।
अर्को समाचार:

चैत महिना यस्ता कार्य गर्नाले हुनेछ शुभ फलदायी, जीवन भर हुने छैन धनको कमी!