चैत महिना यस्ता कार्य गर्नाले हुनेछ शुभ फलदायी, जीवन भर हुने छैन धनको कमी!

फाल्गुन महिना सकिएर चैत्र महिना सुरु हुन लागेको छ। तिथि अनुसार चैत्र महिना हिजैबाट सुरु भएको छ। हिन्दू पञ्चाङ्ग अनुसार चैत्र महिनाको पूर्णिमामा चन्द्रमा चित्रा नक्षत्रमा भएकाले चैत्र महिनालाई चैत्र महिना भनिएको हो । आउनुहोस् चैत्र महिनामा के गर्ने र के नगर्ने जानी राखौँ।

चैत्र महिनामा के गर्ने ?

चैत्र महिनादेखि जाडो समाप्त भई मौसम बदली हुन थाल्छ। त्यसैले आयुर्वेद र अध्यात्म अनुसार चैत्र महिनामा चिसो पानीले नुहाउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ।

ज्योतिषशास्त्र अनुसार यस महिनामा सूर्यदेवको पूजा गर्नु शुभ मानिन्छ। यो महिनामा सूर्यदेवको पूजा गर्नाले मानिसको जीवन उज्ज्वल हुने मान्यता छ।   यति मात्र होइन, यदि तपाईको कुण्डलीमा सूर्य दोष छ भने त्यो पनि यो महिना गरेका उपायले हट्छ। यो महिनामा सूर्यलाई नियमित अर्घ्य दिनु शुभ मानिन्छ।

यस महिनामा सूर्यदेवलाई अर्घ्य दिन फूल र रातो चन्दन मिसाएर अर्घ दिन सकिन्छ । यसले व्यक्तिको जीवनमा अनुशासन ल्याउँछ। मनमा नराम्रो विचार र छल पनि आउन बन्द हुन्छ।

चैत्र महिनामा भगवान विष्णुको पूजा–आराधनाको विशेष महत्त्व रहेको छ। यस महिनामा भगवान विष्णुको माछा स्वरूपको पूजा गर्नाले शुभ फल प्राप्त हुन्छ। जसका कारण लक्ष्मी माताको कृपा कायम रहन्छ। यससँगै आर्थिक अवस्था पनि मजबुत हुन्छ।

धार्मिक ग्रन्थमा भनिएको छ कि यो महिनामा एक छाक मात्रै भोजन लिनुपर्छ। यसका साथै तरल पदार्थको अधिक सेवन गर्नुपर्छ। यसले शरीर र दिमाग दुवैमा ताजापन राख्छ र स्वास्थ्यमा सुधार हुन्छ।

अर्को समाचार:

अद्भुत संयोग: ६१७ वर्षपछि बन्दैछ एक साथ तीन राजयोग : ३ राशिका जातकको चम्किनेछ भाग्य, बढ्नेछ सुख-समृद्धि !