हिजो महाशिवरात्रिबाट सुरु भयो ५ राशिका शुभ दिन, यी राशिले पाउनेछन् अपार धन-सम्पत्ति!

काठमाडौँ : – हिन्दू पञ्चाङ्ग अनुसार हरेक वर्ष फाल्गुण कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाइने महाशिवरात्रि पर्व यो वर्ष फाल्गुन ६ गते अर्थात् फेब्रुअरी १८ तारिख शनिबारको दिन परेको छ। तर भगवान शङ्करलाई समर्पित यो पर्व अघि दुई ठूला ग्रहको चाल परिवर्तन भएको छ। फाल्गुन १ गते सोमबार सूर्यले कुम्भ राशिमा प्रवेश गरेको छ र शुक्रले पनि फाल्गुन ३ गते बुधबार मीन राशिमा प्रवेश गरेको छ। महाशिवरात्रिअघि प्रमुख ग्रहहरूको राशि परिवर्तनलाई निकै महत्वपूर्ण मानिन्छ। ज्योतिषीहरुका अनुसार महाशिवरात्रिअघि ग्रहहरूको यो चालले पाँच राशिका लागि शुभ दिन ल्याउनेछ।

महाशिवरात्रिबाट यी राशिका लागि सुरु हुनेछ शुभ दिन : – 

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

ज्योतिष शास्त्र अनुसार मिथुन राशिका व्यक्तिहरुलाई महाशिवरात्रिमा धेरै शुभ फल मिल्न सक्छ। उनीहरुलाई आर्थिक लाभ हुनेछ। तपाईले भाग्यको पूरा साथ-सहयोग पाउनुहुनेछ। नोकरी र व्यवसायमा पनि धेरै प्रगति गर्नुहुनेछ। कार्यस्थलमा तपाईको कामको तारिफ हुनेछ। पराक्रम र शौर्यतामा वृद्धि हुनेछ। मान-सम्मानमा पनि वृद्धि हुनेछ। सम्बन्धको कुरा गर्दा दाम्पत्य जीवनमा सुख-सयल पाउनुहुनेछ। आफ्नो पार्टनरसँग गुणस्तरीय समय बिताउनुहुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका व्यक्तिहरुलाई नोकरी र बिजनेसमा प्रगति हुने सम्भावना छ। योजना र रणनीति अवश्य सफल हुनेछन्। कामको बारेमा चिन्तित रहेका व्यक्तिहरुले शुभ समाचार पाउनेछन्। तपाईको पारिश्रमिक वृद्धि एवं बढुवा प्राप्त हुन् सक्छ। शैक्षिक क्षेत्रमा सबैथोक राम्रो हुनेछ। सरकारी जागिरको तयारीमा संलग्न व्यक्तिहरूले शुभ समाचार पाउन सक्छन्। परीक्षामा राम्रो नतिजा हासिल हुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – 

कन्या राशिका लागि यो महाशिवरात्रि शुभ मानिन्छ।  नोकरी र व्यापारबाट लाभ मिल्नेछ। धन सम्पतिमा वृद्धि हुने सम्भावना छ। धन र ऐश्वर्यको प्राप्ति हुनेछ। यदि तपाई घर-जग्गामा लगानी गर्नेबारे सोच्दै हुनुहुन्छ भने उनीहरुका लागि पनि यो समय अनुकूल रहनेछ। यस अवधिमा गरिएको लगानीबाट दीर्घकालीन लाभ मिल्नेछ। दाम्पत्य जीवनमा मधुरता आउनेछ।तपाईले आफ्नो पार्टनरसँगको सम्बन्धमा मिठास महसुस गर्नुहुनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – 

धनु राशिको शुभ दिन पनि महाशिवरात्रिबाट सुरु हुनेछ। पैसाको लेनदेनको लागि समय अनुकूल रहनेछ। ऋणका फँसेका पैसा फिर्ता हुनेछ। लगानीका लागि पनि समय राम्रो छ। आयका श्रोतहरु बढ्नेछन्। व्यावसायिक रणनीतिहरूले पनि तपाईलाई धेरै मुनाफा दिनेछ। समाजमा मान-प्रतिष्ठामाथि आँच आउन सक्छ। कार्यस्थलमा तपाईको कामको धेरै प्रशंसा हुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – 

महाशिवरात्रि पर्वले कुम्भ राशि भएकाहरुको भाग्य चम्काउन सक्छ। महाशिवरात्रिबाट सबै काममा सफलता मिल्नेछ। कुम्भ राशिका व्यक्तिहरुलाई आकस्मिक आर्थिक लाभ हुने सम्भावना छ। धनको बचत हुनेछ। खर्चमा नियन्त्रण बढ्नेछ। तपाईले राम्रो कामको प्रस्ताव पनि पाउन सक्नुहुन्छ। यो अवधि तपाईका लागि धेरै अनुकूल रहनेछ। दाजुभाई तथा दिदीबहिनीसँगको सम्बन्ध राम्रो रहनेछ। माता-पिताको पनि पूरा सहयोग मिल्नेछ।

अर्को समाचार:

साप्ताहिक राशिफल: यस साता कस्तो रहला दिन, हेर्नुहोस् साप्ताहिक राशिफल !