काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?
साताको राशिफल : – फागुन ६ देखि फागुन १३ गतेसम्म
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
यो साता नयाँ र शुभकार्यको चर्चा चल्नेछ। प्रारम्भमा गरेको कर्मले सफलताको उचाइमा पुर्याउन सक्छ। सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ। प्रयत्न गर्दा विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। दाम्पत्य सुखमा रमाउने समय छ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
सुरुमा केही चुनाैतीसँग जुध्नुपर्ला। काम बिग्रने चिन्ताले सताए पनि साेमवारदेखि स्थितिमा सुधार आउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरू समेत नजिकिनेछन्। व्यापार बढ्नाले लाभांश पनि बढ्नेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
साताको सुरुवाती दिनमा अपजस मिल्नसक्ने भएकाले सजग रहनुपर्ला। कार्यसम्पादनमा समय लाग्नेछ भने शारीरिक थकानले कमजोरी अनुभूति हुनेछ। अर्थ अभाव देखापर्न सक्छ। परिवारजनबाट टाढिनुपर्ने हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। नियमित खर्चसमेत बढ्ने योग छ र शिक्षामा वाधा आउनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ। बोलीले कार्य सम्पादन हुनसक्छ। रोकिएको धन हाता पर्न सक्छ। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ। स्वास्थ्य कमजोर रहनाले काममा पनि पछि परिनेछ। आफन्तसँग मनमोटाव बढ्नेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
साताको प्रारम्भ उपलब्धिमूलक रहनेछ। एकपछि अर्को अवसर प्राप्त हुँदा मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। शेयर बजारको लगानी पनि कमजोर रहला। आँटले काम बन्नेछन् भने मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
अप्ठ्यारो बेलामा आफ्नैले दुःख दिनेछन्। बुधवारदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने सम्भावना छ। यो साता अचल सम्पत्ति हात पर्ने योग छ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
यो हप्ताको सुरुका दिनमा काममा सानातिना बाधा आउने र काम रोकिनेछ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन। स्वास्थ्य समस्याले पनि पिरोल्न सक्छ। साताको मध्यबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
प्रारम्भमा रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर जुट्नेछ। तर साेमवारपछि पारिवारिक असमझदारीले केही समस्या निम्त्याउन सक्छ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा समेत ध्यान दिन नसकिएला। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
यो साता काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। धार्मिक, सांस्कृतिक र शुभ कार्यमा सरिक हुने सम्भावना छ। परिवारसँग समय बिताउने अवसर जुट्नेछ। आफन्त सँग रमणीय र सुखद् यात्राको योग छ। मध्य सातामा स्वास्थ्यमा समस्या बढ्न सक्नेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
पारिवारिक भेटघाटले साताकाे प्रारम्भमा रमाइलो माहोल बन्नेछ। पेसातर्फ लाभ उठाउन सकिनेछ। तर बीचमा उतारचढाव पनि आउनेछन्। बुधवारदेखि स्थितिमा सुधार आउनेछ भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। आर्थिक पक्ष पनि केही सबल बन्नेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
यो साता सुरुको दिनमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला। मानसिक चिन्ता पनि बढ्नेछ। सोमबार बाट भने लाभदायक र खुसीको यात्रा हुनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्ने । झन्झटिलो कार्यमा समय खेरा जानसक्छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन्। मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ। फलदायी यात्रा र शुभकार्यको चर्चा चल्नेछ। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । वैदेशिक कार्यबाट लाभ र सफलता मिल्नेछ।