आज फागुन ६ गते शिवरात्रि कस्तो रहला दिन, हेर्नुहोस् राशिफल!

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। फागुन ०६ गते शनिबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। शनिबार दिन शनिदेवको नाममा समर्पित हुने गर्दछ। शनिबार शनिदेवको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। शनिबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :

माघ ०६ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – शनिबार ।।। नक्षत्र- उत्तराषाढा , १५:५९ बजे उप्रान्त श्रवण ।।। तिथि – त्रयोदशी , १८:०६ बजे उप्रान्त चतुर्दशी ।।। करण – गर ७:१८ बजेदेखि वणिज , १८:०६ बजे उप्रान्त नाग ।।। योग – व्यतीपात , १८:१९ बजे उप्रान्त वरियान् ।।। फागुन ०६, २०७९, शनिबार।।। १८ फेब्रुअरी, सन् २०२२ ।।। त्रयोदशी, फाल्गुण कृष्णपक्ष ।।। सिल्लागा, ११४३ ने.सं.।।। सूर्योदय – ०६: ४१ ।।। सूर्यास्त – १७:५६ ।।।  शुभ साइत : – रुद्री गर्ने साइत, पसल खोल्ने साइत, होम गर्ने साइत-

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

धैर्यता बढ्नेछ तर पनि कुराकानीमा सन्तुलित हुनुहोस्। व्यापारमा वृद्धि हुनेछ। आयात-निर्यात व्यापार लाभदायक हुनेछ। व्यापारका लागि वैदेशिक यात्रामा जान सकिनेछ । यात्रा लाभदायक हुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

मनमा प्रशन्नता रहनेछ। दाम्पत्य सुखमा वृद्धि हुनेछ। सवारी साधनको आनन्द बढ्नेछ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। आमाको साथ र सहयोग मिल्नेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

आत्मविश्वासमा बृद्धि हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। परिवारका साथ धार्मिक स्थलमा जान सकिनेछ। थप दौडधुप हुनेछ। खर्चको मात्रा बढ्नेछ। दाजुभाइसँग वैचारिक मतभेद हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

आत्मविश्वास भरिपूर्ण हुनेछ, तर अति उत्साही हुनबाट जोगिनुहोस्। मनमा सान्ति मिल्नेछ। शैक्षिक कार्यबाट सुखद नतिजा मिल्नेछ। सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ । लाभको अवसर मिल्नेछ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

मन अशान्त रहनेछ तर घरपरिवारको सहयोग मिल्नेछ। घरपरिवारमा धार्मिक कार्य गर्न सकिनेछ। कपडा उपहार स्वरूप प्राप्त गर्न सकिन्छ। खर्चको मात्रा बढ्नेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। धन प्राप्त हुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

मन अशान्त रहनेछ। शैक्षिक तथा बौद्धिक कार्यमा रुचि बढ्नेछ। बौद्धिक कार्यबाट पनि धनलाभ हुनेछ। साथीभाइसँग यात्राको कार्यक्रम बन्न सक्छ। खर्च बढ्नेछ। कपडा उपहार स्वरूप प्राप्त गर्न सकिन्छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

आत्मविश्वास बढ्नेछ, तर मन पनि अशान्त रहनेछ। पारिवारिक समस्याले सताउन सक्छ। परिवारको स्वास्थ्यको ख्याल गर्नुहोला। व्यापार व्यवसायमा थप मिहिनेत हुनेछ। धार्मिक स्थलको यात्रामा जान सकिनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

मन प्रसन्न रहनेछ। बोलीको प्रभाव बढ्नेछ। व्यापार व्यवसायमा बढोत्तरी हुनेछ। तर लाभको अवसर पनि मिल्नेछ। पुरानो साथीसँग भेटघाट हुनसक्छ। कपडामा खर्च बढ्नेछ। सम्बन्धमा घनिष्टता रहनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

आत्मविश्वास पूर्ण हुनेछ, तर अनावश्यक क्रोध र बहसबाट टाढा रहनुहोस्। परिवारको सहयोग मिल्नेछ। सन्तानको स्वास्थ्यको ख्याल गर्नुहोला। चिकित्सा खर्च बढ्न सक्छ। थप दौडधुप हुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मन प्रसन्न रहनेछ तर संयमित रहनु होला। अत्यधिक क्रोधबाट बच्नुहोस्। परिवारमा शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। लेखन तथा बौद्धिक कार्यबाट धन आर्जन गर्न सकिनेछ। साथीभाइको सहयोग मिल्नेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

मन शान्त रहनेछ तर जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। अभिभावकको सहयोग मिल्नेछ। खर्चको मात्रा बढ्नेछ। पुरानो साथीको आगमन हुन सक्छ। लामो समयदेखि रोकिएको धन प्राप्त हुनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। परिवारको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा व्यस्तता बढ्न सक्छ। मिहिनेत बढी हुनेछ। सवारी साधनको मर्मत सम्भार तथा यात्रा खर्च बढ्न सक्छ।

अर्को समाचार:

भगवान शिव-पार्वतीको प्रिय हुन्छन् ३ राशिका व्यक्ति, सधैँ हुनेछ असीम कृपा !