महाशिवरात्रि भोलि श्रद्धा र हर्षोल्लासका साथ मनाइँदै छ। फाल्गुन कृष्ण पक्ष चतुर्दशीका दिन महाशिवरात्रि पर्व मनाइन्छ। यसपटक महाशिवरात्रिको शुभ पर्व फागुन ०६ गते शनिबार परेको छ। पौराणिक मान्यता अनुसार भगवान शिव र माता पार्वतीको विवाह फाल्गुन कृष्ण चतुर्दशीमा भएको हुनाले महाशिवरात्रिलाई अति पवित्र पर्व मानिन्छ। ज्योतिष शास्त्र अनुसार १२ राशि रहेका छन्। यी राशिका आधारमा पनि व्यक्तिको बारेमा बताउन सकिन्छ। ज्योतिषशास्त्रका अनुसार केही राशि छन् जुन भगवान शिव र माता पार्वतीको निकै प्रिय छन्। यी राशिका व्यक्तिहरूमा भगवान शिव र माता पार्वतीको असीम कृपा हुने गर्दछ।
मेष राशि
मेष राशिका व्यक्तिमा भगवान शिवको विशेष कृपा हुन्छ। ज्योतिष शास्त्रका अनुसार मेष राशिका व्यक्तिले शिवको पूजा गर्नुपर्छ। मेष राशिका व्यक्तिले शिवलिंगमा नियमित जल चढाउनुपर्छ। शिवलिंगमा जल चढाउँदा शिवको विशेष आशीर्वाद प्राप्त हुन्छ।
मकर राशि
मकर राशिको स्वामी शनि देव हो। मकर राशिका मानिसहरूलाई भगवान शिव र शनिदेवको विशेष कृपा हुन्छ। मकर राशिका व्यक्तिले दिनहुँ भगवान शिवको पूजा गर्नुपर्छ। मकर राशिका व्यक्तिहरूले ‘ॐ नमः शिवाय’ जप गर्नुपर्छ।
कुम्भ राशि
शनिदेव कुम्भ राशिका स्वामी पनि हो। कुम्भ राशिका मानिसहरुलाई भगवान शनि र भगवान शिवको पनि कृपा हुन्छ। कुम्भ राशिका व्यक्तिले शिवलिंगमा शिवरात्रिको दिन जल चढाउनुपर्छ। कुम्भ राशिका व्यक्तिहरूले पनि आफ्नो क्षमता अनुसार दान गर्नुपर्छ। धार्मिक मान्यता अनुसार दान गर्दा अनेकौँ शुभ फल प्राप्त हुन्छ।