वैदिक ज्योतिष शास्त्रमा सूर्य ट बुध ग्रहको संयोगलाई निकै शुभ मानिन्छ। जब यी दुई ग्रह एकै राशिमा हुन्छन् तब केही राशिलाई शुभ प्रभाव पर्दछ। फेब्रुअरी १३ मा सूर्यले कुम्भ राशिमा प्रवेश गरेको छ भने २७ फेब्रुअरीमा बुध कुम्भ राशिमा प्रवेश गर्नेछ। कुम्भ राशिमा सूर्य र बुधको मिलन हुँदा बुद्धादित्य योग बन्नेछ। ज्योतिषशास्त्रमा बुद्धादित्य योगलाई सुख र समृद्धिको कारक मानिएको छ। बुधादित्य योगका कारण केही राशिका व्यक्तिहरूलाई कार्यस्थलमा मान सम्मान मिल्नेछ। जान्नुहोस् बुधादित्य योगले कुन-कुन राशिलाई शुभ प्रभाव पर्नेछ।
मेष, वृष र कुम्भ राशिका लागि सूर्य र बुधको संयोगले बनेको बुद्धादित्य योग लाभदायी साबित हुनेछ। आर्थिक लाभको अवसर मिल्नेछ। जीवनमा प्रगति हुनेछ। काम गर्नेलाई पदोन्नति मिल्नेछ। व्यवसायीहरुका लागि समय अनुकूल रहनेछ।
मेष राशि
यस राशिको एघारौं घरमा बुद्धादित्य योग बनिरहेको छ। यो योगको प्रभावले आर्थिक अवस्था सुदृढ हुनेछ। मान-सम्मान मिल्नेछ। करियरमा नयाँ उचाइ प्राप्त हुनेछ।
वृष राशि
वृष राशिको दसौँ घरमा बुद्धादित्य योग बनिरहेको छ। जसको प्रभावले वृष राशिका व्यक्तिलाई कार्यस्थलमा प्रशंसा पाउन सक्नुहुन्छ। उच्च अधिकारीको आशीर्वाद प्राप्त हुनेछ।
कुम्भ राशि
कुम्भ राशिका लागि बुद्धादित्य योग लाभदायक साबित हुनेछ। कुम्भ राशिको पहिलो घरमा बुधादित्य योग बन्नेछ। जसले कार्यशैलीमा सुधार ल्याउनेछ। साझेदारी कार्यमा सफलता मिल्नेछ।