ग्रहहरुको राशि तथा नक्षत्र परिवर्तनको कारण विभिन्न राजयोगहरू बन्ने गर्दछ जसको प्रभाव केही राशिको लागि शुभ हुनेछ भने केही राशिको लागि अशुभ साबित हुन सक्छ। अहिले बुध पछि, शुक्रले पनि राशि परिवर्तन गरेको छ। प्रेम र खुसीको कारक शुक्र १५ फेब्रुअरी साँझ ७:४३ बजे मीन राशिमा प्रवेश गरेको छ।
शुक्रको यो राशि परिवर्तनका कारण मालव्य राजयोगको निर्माण भएको हो। योसँगै ज्ञान र धनको कारक मानिने बृहस्पति ग्रहले पनि आफ्नो राशि परिवर्तन गरेको छ र अप्रिलमा पनि आफ्नो राशि परिवर्तन गर्न लागेको छ। बृहस्पति अहिले मीन राशिमा भएकाले हंसराज योग बन्नेछ र अप्रिलमा गजलक्ष्मी योग बन्नेछ। यसरी विभिन्न राशिका व्यक्तिहरूलाई यी योगहरू बन्दा लाभ मिल्नेछ। यसका साथै शनि कुम्भ राशिमा हुँदा शसराज योग पनि बनेको छ। जान्नुहोस् यी योगहरूको प्रभावले कुन राशिलाई शुभ हुनेछ।
मिथुन राशिका व्यक्तिहरूले फेब्रुवरी २७ तारिखपछि बन्ने राजयोगबाट धेरै लाभ मिल्नेछ। यसले उनीहरूको आर्थिक क्षेत्र बलियो हुनेछ, आम्दानीका नयाँ मार्गहरू खुल्नेछ। धनको साधन मिल्नेछ। त्यस्तै कन्या राशिका व्यक्तिहरूलाई यस योगबाट धेरै फाइदा हुनेछ। नोकरीमा बढुवा हुनुका साथै यो राशिका व्यक्तिले ऋण तिर्नमा सहयोग मिल्नेछ । लामो समयदेखि बिग्रिएका कामहरू बन्न थाल्नेछन्।
धनु राशिका व्यक्तिहरूले पनि यस समयमा धेरै राहत पाउन सक्छन्। यस राशिका मानिसहरुका यस समयमा आउने समस्याहरु कम हुनेछन्। मकर राशिका मानिसहरुका लागि यो राजयोग निकै लाभदायक साबित हुनेछ र यस राशिका व्यक्तिहरुलाई लगानी गरेर लाभ मिल्ने संकेत रहेको छ।