फेब्रुअरी महिना ३ ग्रहले राशि परिवर्तन गर्दै, यी राशिलाई मिल्नेछ खुसीको खबर!

फेब्रुअरी महिना ज्योतिषको हिसाबले निकै विशेष रहने छ किनभने यो महिनामा तीन ठूला ग्रह सूर्य, बुध र शुक्रले आफ्नो राशि परिवर्तन गर्न लागेका छन् । ग्रहहरूको राशि परिवर्तन र तिनीहरूको चालमा परिवर्तनको विशेष महत्त्व छ। यी ग्रहहरूको स्थिति परिवर्तनका कारण केही राशिका लागि लाभ हुनेछ भने केही राशिलाई हानि हुनेछ । फेब्रुअरी महिनामा कुन-कुन ग्रहले आफ्नो राशि परिवर्तन गर्दै छन् जान्नुहोस्।

बुधको राशि परिवर्तन 

यस महिनामा ग्रहहरूको राजकुमार बुधले पहिलो राशि परिवर्तन गर्नेछ। ज्योतिष शास्त्र अनुसार सन् २०२३ फेब्रुअरी ७ मंगलबार बिहान ७:३८ बजे बुध ग्रह शनिको मकर राशिमा प्रवेश गर्नेछ। बुध २७ फेब्रुअरी सम्म मकर राशिमा रहनेछ। बुध मकर राशिमा प्रवेश गर्दा बुद्धादित्य योगको निर्माण हुनेछ। यो योगलाई मेष, वृष, कर्कट, कन्या, तुला र कुम्भ राशिलाई बुद्धयोगको शुभ प्रभाव पर्नेछ । व्यापार, नोकरीमा लाभ हुनेछ। आम्दानीका नयाँ स्रोत पनि खुल्नेछन्।

सूर्यको राशि परिवर्तन 

ज्योतिष शास्त्र अनुसार फेब्रुअरी १३ तारिख सोमबार बिहान ९:५७ बजे ग्रहहरुका राजा सूर्यले शनिको मूल त्रिकोण राशिमा प्रवेश गर्नेछन् । जहाँ सूर्यका पुत्र शनि विराजमान छन् । यस्तो अवस्थामा कुम्भ राशिमा दुवै ग्रहको मिलनले धेरै राशिका लागि कठिन साबित हुन सक्छ। किनभने ज्योतिष शास्त्रका अनुसार सूर्य र उहाँको पुत्र शनिको बिचमा शत्रुताको भाव हुने गर्दछ । यस्तो अवस्थामा सूर्यको राशि परिवर्तनका कारण धेरै राशिले सावधान हुनु पर्दछ।

शुक्रको राशि परिवर्तन 

धन र भौतिक सुखको कारक शुक्र ग्रहले फेब्रुअरी १५ तारिख बुधबार बिहान ८:१२ बजे कुम्भ राशिबाट मीन राशिमा प्रवेश गर्नेछ। बृहस्पति पहिल्यै मीन राशिमा बसेको छ। त्यसपछि मीन राशिमा शुक्र र बृहस्पतिको संयोग हुनेछ, जुन मेष, वृष, कर्कट, मिथुन, सिंह, वृश्चिक, मकर, कुम्भ र मीन राशिका लागि निकै लाभदायक हुनेछ।

अर्को समाचार:

साताको अशुभ राशि: अबको ७ दिन खासै राम्रो छैन यी ४ राशिलाई, रहनुहोस् सावधान!