तिथि अनुसार यस दिनबाट सुरु हुँदैछ पौष महिना, यो महिनामा सूर्यदेवको पूजाबाट मिल्छ अत्यन्तै शुभ फल !

हिन्दु पात्रोको अनुसार पौष महिना सुरु हुन अब केही समय बाँकी छ । तिथि अनुसार मंसिर शुक्ल पूर्णिमापछि पौष महिना सुरु हुन्छ । तिथि अनुसार मंसिर २२ गते मार्गशीर्ष पूर्णिमा परेको र मंसिर २३ गतेदेखि तिथि अनुसार पौष महिना सुरु हुने जानकारी गराउँदछौँ । हिन्दु धर्ममा, प्रत्येक महिना कुनै न कुनै देवतालाई समर्पित गरिन्छ।

मंसिर महिना श्रीकृष्णको पूजा गर्ने विशेष महत्त्व छ । त्यसै गरी पौष महिनालाई सूर्यदेवलाई समर्पित गरिन्छ । यस महिनामा सूर्यदेवको आराधना गर्नुको विशेष महत्त्व दिएको छ ।

हिन्दु पात्रोको अनुसार पौष महिना तिथि अनुसार मंसिर २३ गते देखि पौष २३ गतेसम्म चल्नेछ । विक्रम संवत् अनुसार पौष दसौँ महिना हो । हिन्दु धर्ममा महिनाको नाम चन्द्र नक्षत्रको आधारमा राखिएको छ । पौष पूर्णिमाका दिन चन्द्रमा पुष्य नक्षत्रमा हुन्छ, त्यसैले यसलाई पौष महिना भनिन्छ।

हिन्दु धर्ममा, प्रत्येक महिना कुनै न कुनै देवताको पूजा गर्न समर्पित छ। जसरी कार्तिक महिनामा भगवान विष्णु र माता लक्ष्मीको पूजा गरिन्छ । त्यसै गरी मंसिर महिनामा श्रीकृष्णको पूजाको महत्त्व पनि बताइएको छ । त्यसै गरी पौष महिनामा सूर्यदेवको पूजा गरिन्छ । ज्योतिषशास्त्रका अनुसार यस महिनामा सूर्यको नामको पूजा गरिन्छ ।

यसै गरी यो महिनालाई पितृ मुक्तिको महिना पनि मानिन्छ । शास्त्रमा यो महिनालाई लघु पितृपक्ष पनि भनिएको छ । वास्तवमा यो महिनामा सूर्य धनु राशिमा प्रवेश गर्छ र यस्तो अवस्थामा सबै शुभ कार्यमा रोक लगाइन्छ । यस राशिमा प्रवेश गर्दा पिण्ड दानको महत्त्व बढ्छ। यस महिनामा पिण्ड दान गर्नाले पितृहरु सिधै स्वर्गमा जाने जनविश्वास रहेको छ ।

अर्को समाचार:

ब्रह्म मुहूर्तलाई किन मानिन्छ उत्तम समय ? यस समयमा पूजा-आराधना गर्नाले सम्पूर्ण मनोकामना पूरा हुन्छ !