धनतेरसको दिन शुभ मुहूर्तमा स्थापना गर्नुहोस् यो यंत्र, धनको देवता कुबेर हुनेछन् दयालु !

धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस मनाइन्छ। यस दिन धनका देवता कुबेर र धन्वन्तरि देवको पूजा आराधना गरिन्छ । यस वर्ष धनतेरस कार्तिक ६ गते आइतबार मनाइँदै छ। ज्योतिष शास्त्र अनुसार धनतेरसको दिन गरिने उपायहरु सिद्ध हुन्छ । त्यसैले शुभ मुहूर्तमा घरमा कुबेर यंत्र स्थापना गरेमा धनको देवता कुबेरको कृपा कायम रहने मान्यता रहेको छ ।

यस वर्षको धनतेरसको दिन त्रिपुष्कर योग बन्न लागेको छ । जसका कारण यस दिनको महत्त्व झनै बढेको छ । जान्नुहोस् कुबेर यंत्र स्थापना गर्ने नियम र महत्त्व के-के हुन् ? धनतेरसको दिन, प्रदोष अवधिमा कुबेर यंत्र स्थापना गर्न सकिन्छ। प्रदोष कालको समय कार्तिक ६ हाते साँझ ५:४३ देखि ८:१७ सम्म हुनेछ। यस समयमा कुबेर यंत्रको स्थापना गर्नु शुभ रहनेछ। यस यन्त्रबाट माता लक्ष्मीको चित्र वा मूर्ति पनि स्थापना गर्न सकिन्छ।

यस दिन कुबेर यंत्रको स्थापना गर्नाले भगवान कुबेरको कृपा प्राप्त हुन्छ । साथै घरमा सुख-समृद्धिको वास हुन्छ। व्यवसायीहरूले यो यंत्र आफ्नो धन राख्ने स्थानमा राख्न सक्छन्। ज्योतिष शास्त्रका अनुसार यसको प्रभावले धनले सधैँ साथ दिने मान्यता रहेको छ । व्यापार राम्रै चल्छ । धन बढ्छ। व्यापारमा पदोन्नति र जागिरमा पदोन्नतिको लागि पनि यो यंत्र लाभदायक मानिन्छ ।

कुबेर यंत्रको स्थापना गरेपछि यसलाई बिहान र बेलुका आरती गर्ने स्थानमा राख्नु पर्दछ । जसका कारण यसको प्रभाव रहन्छ । बृहस्पति ग्रहलाई कुबेर यंत्रको स्वामी मानिन्छ। त्यसैले यो यंत्रको स्थापना गर्नाले बृहस्पति ग्रहको कृपा पनि प्राप्त हुन्छ ।

सय विधिबाट कुबेर यंत्रको स्थापना गर्नुहोस्

कुबेर यंत्र स्थापना गर्नु अघि, यसको शुद्धीकरण अनुभवी ज्योतिषीबाट गराउनुहोस् वा तपाईं आफैले गर्न सक्नुहुन्छ। बजारमा अष्टधातु, भोजपत्र, तामाको पातमा बनाएको कुबेर यन्त्र पाइन्छ । स्थापना गरेपछि कुबेरको बीज मन्त्रको १०८ पटक जप गर्नुहोस्।
कुबेर यंत्रको बीज मन्त्र – ॐ श्रीं, ॐ ह्रीं श्रीं, ॐ ह्रीं श्रीं क्लीं वित्तेश्वराय: नम:

अर्को समाचार:

लक्ष्मी पूजाको दिन बिहान गर्नुहोस् यस्ता उपाय, मान्यता अनुसार हुने छैन धनको कमी !