काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आङ्कलन गरिन्छ। मङ्सिर २६ गते बुधबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। बुधबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :
मङ्सिर २६ गतेको पञ्चाङ्ग र राशिफल :-
दिन : बुधवार
तिथि : एकादशी २२:४२ बजेसम्म, त्यसपछी द्वादशी
नक्षत्र : रेवती १०:३ बजेसम्म, त्यसपछी अश्विनी
योग : वरियान् १७:५१ बजेसम्म, त्यसपछी परिघ
करण : वणिज ११:५२ बजेसम्म, त्यसपछी भद्रा २२:४२बजेसम्म, त्यसपछी वव
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
अज्ञात भयले सताउन सक्छ। आमाको स्वास्थ्यको ख्याल गर्नु होला। जीवन साथीको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा बढोत्तरी हुनेछ। लाभको अवसर पनि मिल्नेछ । प्रगति भइरहेको छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
मन प्रसन्न रहनेछ तर धैर्यताको कमी पनि आउन सक्छ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् सवारी साधन मर्मत सम्भार तथा लुगा आदिमा खर्च बढ्न सक्छ । दाजुभाइको सहयोग मिल्नेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मनमा उतारचढाव रहनेछ। आमाको स्वास्थ्यको ख्याल गर्नु होला। जीवन कष्टदायी हुन सक्छ। व्यापारमा परिवर्तनको सम्भावना छ। नाफामा वृद्धि हुनेछ। सन्तानको बारेमा मन चिन्तित रहनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
मन प्रसन्न रहनेछ तर परिवारको स्वास्थ्यको ख्याल गर्नुहोला। केही चिन्ताले सताउन सक्छ। माताको सहयोग मिल्नेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक रोजगारीमा जान सकिनेछ। सुखद परिणाम प्राप्त हुनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
मन खिन्न रहनेछ। आत्मविश्वासको कमी रहनेछ। शान्त होउ अनावश्यक क्रोध र बहसबाट टाढा रहनुहोस्। व्यापारमा वृद्धि हुनेछ। साथीभाइको सहयोग पनि मिल्न सक्छ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
मनमा आशा र निराशाको भावना आउन सक्छ। साथीभाइको सहयोग मिल्नेछ। शैक्षिक कार्यबाट सुखद नतिजा मिल्नेछ। मिष्ठान्न भोजनमा रुचि बढ्नेछ। बुवाको स्वास्थ्यको ख्याल गर्नु होला। दाजुभाइबाट धन प्राप्ति हुनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
बोलीमा मिठास रहनेछ। कला संगीतमा रुचि बढ्नेछ। जीवनसाथीको स्वास्थ्यमा सुधार आउनेछ। व्यापार व्यवसायमा वृद्धि होला तर स्वास्थ्यमा पनि सजग रहनु होला। कार्यस्थलमा सफलता मिल्ने सम्भावना छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
आत्मविश्वासको कमी रहनेछ। क्रोधबाट टाढा रहनुहोस्। कुराकानीमा शान्त रहनुहोस्। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। खर्च बढ्नेछ। पुरानो साथीसँग भेटघाट हुनसक्छ । माताको सहयोग मिल्नेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
आत्मविश्वास बढ्नेछ तर मन पनि अशान्त रहनेछ। आत्म-नियन्त्रित हुनुहोस्। राम्रो अवस्थामा रहनुहोस्। व्यापार व्यवसायका लागि विदेश जाने सम्भावना छ। जीवन कष्टदायी हुनेछ। नयाँ सम्पत्तीमा लगानी हुनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मनमा उतारचढाव आउन सक्छ। आमाको स्वास्थ्यको ख्याल गर्नु होला। लेखन तथा बौद्धिक कार्यमा व्यस्तता रहनेछ। मान सम्मान मिल्नेछ। व्यापार व्यावसायबाट लाभ बढ्नेछ। मिष्ठान्न भोजनमा रुचि बढ्नेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
मनमा शान्ति मिल्नेछ। आत्मविश्वास पनि भरिनेछ। अझै धैर्य गर्ने प्रयास गर्नुहोस्। कुराकानीमा पनि सन्तुलित हुनुहोस्। नोकरीमा कार्यस्थलमा परिवर्तन हुनसक्छ। लामो दुरीको यात्रा हुन्छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
आत्मविश्वास पूर्ण हुनेछ, तर आत्मसंयम रहनुहोस्। आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। परिवारको स्वास्थ्यको ख्याल गर्नुहोला। बुवाको सहयोग मिल्नेछ। रोकिएको धन प्राप्त हुन सक्छ।