लक्ष्मी पूजाको दिन बिहान गर्नुहोस् यस्ता उपाय, मान्यता अनुसार हुने छैन धनको कमी !

यस पटक लक्ष्मी पूजा कार्तिक ७ गते परेको छ । तिहारमा लक्ष्मीको पूजाको विशेष महत्त्व छ । विधि अनुसार लक्ष्मी र भगवान गणेशको पूजा गर्नाले जीवनमा सुख र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ ।

ज्योतिष शास्त्रमा लक्ष्मी पूजासँगै केही उपायको उल्लेख गरिएको छ । ब्रह्म मुहूर्त र लक्ष्मी पूजाको बिहान यो उपाय गरेमा लक्ष्मीको कृपा जीवनभर रहन्छ। मान्यता अनुसार जहाँ सरसफाइ हुन्छ, त्यहाँ लक्ष्मीको वास हुन्छ । यसबाहेक जहाँ महिलाको सम्मान हुन्छ । धनकी देवी लक्ष्मीको पनि वास छ । ज्योतिष शास्त्रका अनुसार लक्ष्मी पूजाको केही उपाय जान्नुहोस्….

लक्ष्मी पूजामा देवी लक्ष्मीलाई स्वागत गर्नका लागि रंगोली, फूल र दियोले घर सजाउनुहोस्। लक्ष्मीको स्थायी निवासको लागि घरको मुख्य ढोका सफा राख्नु सबैभन्दा महत्त्वपूर्ण छ।

लक्ष्मी पूजाको दिन लक्ष्मीको आगमन होस् भन्ने चाहनुहुन्छ भने ब्रह्म मुहूर्तमा नै उठ्होनुस्  । घर बाहिर सफा गर्नुहोस्। मुख्य प्रवेशद्वार नजिक
जुत्ता चप्पल नराख्नुहोस्। साथै ब्रह्म मुहूर्तमा उठेर घरको पूजास्थल राम्ररी सफा गर्नुहोस्। यसो गर्नाले देवताको कृपा प्राप्त हुन्छ।

लक्ष्मी पूजाको रात पूजा गरेपछि चाँदीको भाँडोमा कपूर जलाएर लक्ष्मीको आरती गर्नुपर्छ । यसो गर्नाले व्यक्तिले जीवनमा कहिल्यै आर्थिक सङ्कटको सामना गर्नु पर्दैन।

लक्ष्मी पूजाको साँझ पिपलको रूखको छेउमा दीप प्रज्वलन गर्नुपर्छ । यसो गर्नाले धन लाभ हुनेछ। लक्ष्मी पूजाको दिन पूजा गर्दा देवी लक्ष्मीलाई काँचो चनाको दाल चढाउनुहोस्। यसले पैसासँग सम्बन्धित समस्याहरू हट्ने मान्यता रहेको छ ।

लक्ष्मी औशीमा पर्छ। यस दिन घरको कुनामा तोरीको तेलको दियो बाल्नु पर्छ । यसो गर्नाले घरबाट गरिबी हट्छ । यसका साथै भूत-प्रेतसँग सम्बन्धित बाधाहरू हट्छन्।

अर्को समाचार:

धनतेरसमा किन कुचो किन्ने चलन छ ? जान्नुहोस् शास्त्रले के भन्छ !