कागतिहारअघि यी राशिलाई हुनेछ नोक्सानी : सूर्यको प्रकोपले दिनेछ कष्ट, यस्तो छ बच्ने उपाय

काठमाडौँ : ज्योतिष शास्त्र अनुसार ग्रहहरुका राशि परिवर्तनले सबै राशिहरुमा शुभ या अशुभ प्रभाव पार्छ। ग्रहका राजा सूर्यले असोज ३१ गते सोमबार कन्या राशिबाट तुला राशिमा प्रवेश गर्दैछ। यसबाट कतिपय राशिलाई फाइदा हुनेछ भने कसैलाई कष्ट हुनेछ। सूर्यको यो राशि परिवर्तनले कुन-कुन राशिलाई समस्या ल्याउनेछ त ? हेर्नुस्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

कुम्भ राशिका लागि सूर्यको गोचरले पारिवारिक कलह ल्याउनेछ। घरमा लडाई-झगडा हुनेछ। श्रीमान्–श्रीमतीको सम्बन्धमा पनि खटास आउनेछ। मानसिक रुपमा कमजोर बन्नुहुनेछ। नोकरी तथा व्यवसायमा समस्या आउनेछ। आर्थिक अवस्था कमजोर हुनेछ। यात्रा नगर्नुहोस्। संकटबाट मुक्ति पाउनको लागि प्रत्येक आइतबार सूर्य ग्रहसँग सम्बन्धित मन्त्रको १०८ पटक जप गर्नुहोस्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

सूर्यको राशि परिवर्तनले कर्कट राशिका लागि समस्या बढाउँछ। स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ। बाहिरको खानेकुरा नखाएकै वेश हुनेछ। अनावश्यक तनाव नलिनुहोस्। यात्राको अवधिमा सावधानी अपनाउनुहोस्। आफ्नो वाणीमा संयमता अपनाउनुहोस् अन्यथा पारिवारिक कलह हुन् सक्छ। सम्बन्ध टुट्न सक्छ। कसैलाई आँखा चिम्लिएर विश्वास नगर्नुहोस्। सूर्यको यो अशुभ प्रभावबाट बच्न दिनहुँ सूर्यदेवलाई जल चढाउनुपर्छ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

सूर्यको राशि परिवर्तनले मेष राशिको जीवनमा पनि हलचल मच्चाउनेछ। समाजमा मान सम्मान कम हुनेछ। आफन्तजनसँग लडाई-झगडा हुन् सक्छ। आवेगमा आएर कुनै पनि काम नगर्नुहोस्। बुद्धिमानीपूर्वक पैसा खर्च गर्नुहोस्। शत्रुहरूबाट सावधान रहनुहोस्। घर र सवारी साधन खरिद नगर्नुहोस्। आफ्नो काम इमानदारीपूर्वक गर्नुहोस्। दिल-दिमाग लगाएर काम गर्नुहोला। कसैको उक्साहटमा नआउनुहोला। यी सङ्कटहरुबाट बच्नको लागि आइतबार सेतो चीज दान गर्नुहोस्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

सूर्यको राशि परिवर्तनले कन्या राशिका व्यक्तिको खर्च बढ्न सक्छ। व्यर्थका काममा तपाईको पैसा पानी सरह बग्नेछ। आफ्नो पैसा बुद्धिमानीपूर्वक लगानी गर्नुपर्छ। कसैलाई ऋण दिने गल्ती नगर्नुहोस्। प्रियजनसँग मनमुटाव हुन सक्छ। सवारी चलाउँदा सावधानी अपनाउनुहोस। स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ। तर बिस्तारै बिस्तारै सबै रोगहरु हट्नेछन्। आफूमाथि आउने समस्याबाट बच्न दैनिक आदित्य हृदय स्तोत्रको पाठ गर्नुहोस्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

सूर्यको गोचरले मिथुन राशिका जातकलाई अशुभ फल दिनेछ। तपाईले जुन काममा हात हाल्नुहुनेछ त्यो काम बिग्रिनेछ। बोस तपाईको कामबाट खुसी हुनेछैनन्। घरमा अशान्तिको वातावरण रहनेछ। पैसाको खर्च बढ्नेछ। दुष्ट शक्तिले तपाईको समस्या बढाउन सक्छ। रिस नियन्त्रण गर्न आवश्यक छ। यो अशुभ समयबाट बच्न आइतबारको दिन तामाको भाँडोबाट सूर्यलाई जल अर्घ्य दिनुहोला।

अर्को समाचार:

पूजा गर्दा दियो निभ्नु अशुभ हुन्छ ? जान्नुहोस् ज्योतिषशास्त्रले के भन्छ ?