कागतिहारको दिन शनिदेवले बनाउँदैछ खास योग : यी ४ राशिलाई हुनेछ ठूलो धन-लाभ, चारैतिरबाट आउनेछ धन

काठमाडौँ : हिन्दू पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन अर्थात् काग तिहारका दिन धनतेरस मनाउने चलन छ।

धनतेरसको दिन मानिसहरुले धन-लाभको आकांक्षा राख्छन्। यो वर्ष धनतेरस कार्तिक ६ गते आइतबार परेको छ। यस दिन ४ राशिका मानिसहरुका भाग्य खुल्नेछ। कार्तिक ६ गते शनिदेव मकर राशिमा प्रवेश गर्दैछ। यसको शुभ असर चार राशिमा पर्नेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

शनिदेव मार्गी हुँदा मेष राशिका जातकको भाग्य चम्किनेछ। धनसम्बन्धी प्रचुर लाभ हुनेछ। आर्थिक स्थितिमा सुधार हुनेछ। नोकरीमा प्रगति गर्नुहुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। जागिरको शिलशिलामा विदेश यात्राको अवसर प्राप्त हुन् सक्छ। व्यापार-व्यवसाय गर्नेहरुले पनि ठूलो मुनाफा कमाउनेछन्। घरमा सुख-शान्तिको माहोल रहनेछ। परिवारमा हर्षोल्लास र खुशीको वातावरण रहनेछ। अविवाहितहरुको विवाहको योग बन्न सक्छ। कतै पैसा लगानी गर्नको लागि यो शुभ समय हो। अड्डा-अदालतको मुद्दाहरु टुङ्गो लाग्नेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका लागि शनिको गोचर निकै शुभ रहनेछ। भाग्यले हरेक पल साथ दिनेछ। रोकिएका काम समयमै सम्पन्न हुनेछन्। लामो समयदेखि रोकिएका धन फिर्ता हुनेछ। बेरोजगारको कामको खोजी समाप्त हुनेछ। घरमा कुनै माङ्गलिक कार्य हुन् सक्छ। समाज मान-सम्मान बढ्नेछ। अड्डा-अदालतका मामिलामा फैसला तपाईको पक्षमा हुनेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। पुराना रोगबाट मुक्ति मिल्नेछ। घरमा खुशीको माहौल रहनेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका जातकका लागि शनिको गोचर निकै लाभदायी साबित हुनेछ। घरमा प्रचुर खुशीयाली छाउनेछ। नोकरी तथा व्यवसायमा मनग्य लाभ हुनेछ। धन आर्जनका नयाँ साधनहरु फेला पर्नेछ। तपाईको कामको प्रशंसा हुनेछ। कुनै धार्मिक कार्यमा भाग लिन सकिनेछ। भगवानप्रतिको आस्था बढ्नेछ। शेयर बजारमा लगानी गर्नको लागि यो उपयुक्त समय हो। शत्रुले तपाईलाई हानि गर्न सक्नेछैन।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिका व्यक्तिहरुका लागि शनि ग्रहको गोचर निकै लाभदायक साबित हुनेछ। घरमा खुशीयाली छाउनेछ। आफन्तजनको साथ-सहयोग प्राप्त गर्नुहुनेछ। जुन काममा हात हाल्नुहुनेछ ती काम समयमै सम्पन्न हुनेछन्। भाग्यले सधैँ तपाईलाई साथ दिनेछ। आर्थिक लाभ प्रशस्त हुनेछ। पुराना साथीभाइसँगको भेटघाटले फाइदा हुनेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ।

असल जीवनसाथीको खोजीमा समय बर्बाद हुनेछ। विद्यार्थीहरूले अध्ययनमा राम्रो नतिजा ल्याउनेछन्। तपाईले दिनमा दोगुणा र रातमा चौगुणा प्रगति गर्नुहुनेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। लामो यात्राको अवसर जुर्न सक्छ।

अर्को समाचार:

तिहार-लक्ष्मी पूजाको दिन घर तथा पूजा स्थल सफाइ गर्दा भुलेर पनि नगर्नुहोस् यस्ता कार्य , अन्यथा क्रोधित हुन्छिन् माता लक्ष्मी!