भोलि शुभ समयमा यसरी गर्नुहोस् स्कन्दमाताको पूजा, अपनाउनुहोस् यी उपाय !

भोलि नवरात्रिको पाँचौँ दिन, नवरात्रिमा माता दुर्गाको नौ रुपको पूजा गरिन्छ । नवरात्रिमा माता स्कन्दमाताको पाँचौं रूपको पूजा गरिन्छ । भगवान स्कन्दकी आमा भएकोले मातालाई स्कन्दमाता भनिन्छ । उनलाई छोराको नामले सम्बोधन गरेको मन पर्छ। स्कन्द माताको पूजा गर्नाले नकारात्मक शक्ति नष्ट हुन्छ साथै असम्भव काम पनि सम्भव हुने मान्यता रहेको छ । मातालाई प्रसन्न पार्न स्कन्दमाता स्तोत्र, कवच र आरती अवश्य पढ्नुहोस्।

यी शुभ समयमा माता स्कन्दमाताको पुजा गर्नुहोस्-

ब्रह्म मुहूर्त – बिहान ०४:३७ AM देखि ०५:२५ सम्म, अभिजित मुहूर्त – बिहान ११:४७ देखि १२:३५ सम्म, विजय मुहूर्त – दिउसो ०२:१० देखि ०२:५८ सम्म, गोधूलि मुहूर्त – साझा ०५:५७ देखि ०६:२१ सम्म, अमृत ​​काल – साँझ ०६:१८ देखि बेलुका ७:५१ सम्म, निशिता मुहूर्त – राति ११:४७ देखि बिहान १२:३५ सम्म, सर्वार्थ सिद्धि योग – बिहान ०६:१३ देखि बिहान ४:१९ सम्म, रवि योग- बिहान ०४:१९,बिहान ६:१४ सम्म –

स्तोत्र पाठ

‘नमामि स्कन्दमाता स्कन्दधारिणीम्। समग्रतत्वसागररमपारपार गहराम्॥ शिवाप्रभा समुज्वलां स्फुच्छशागशेखराम्। ललाटरत्नभास्करां जगत्प्रीन्तिभास्कराम्॥महेन्द्रकश्यपार्चिता सनंतकुमाररसस्तुताम्। सुरासुरेन्द्रवन्दिता यथार्थनिर्मलादभुताम्॥ अतर्क्यरोचिरूविजां विकार दोषवर्जिताम्। मुमुक्षुभिर्विचिन्तता विशेषतत्वमुचिताम्॥ नानालंकार भूषितां मृगेन्द्रवाहनाग्रजाम्। सुशुध्दतत्वतोषणां त्रिवेन्दमारभुषताम्॥ सुधार्मिकौपकारिणी सुरेन्द्रकौरिघातिनीम्। शुभां पुष्पमालिनी सुकर्णकल्पशाखिनीम्॥’

‘तमोन्धकारयामिनी शिवस्वभाव कामिनीम्। सहस्त्र्सूर्यराजिका धनज्ज्योगकारिकाम्॥ सुशुध्द काल कन्दला सुभडवृन्दमजुल्लाम्। प्रजायिनी प्रजावति नमामि मातरं सतीम्॥ स्वकर्मकारिणी गति हरिप्रयाच पार्वतीम्। अनन्तशक्ति कान्तिदां यशोअर्थभुक्तिमुक्तिदाम्।पुनःपुनर्जगद्वितां नमाम्यहं सुरार्चिताम्। जयेश्वरि त्रिलोचने प्रसीद देवीपाहिमाम्॥’

अर्को समाचार:

यस वर्ष लक्ष्मी पूजाको दिन हुनेछ सुर्य ग्रहणको छाया, यी कुरामा राख्नुहोस् विशेष ध्यान !