यस वर्ष तिहार कार्तिक ७ गते मनाइँदै छ । तर यस वर्षको तिहार विशेष हुने भएको छ किनभने तिहारको समयमा सूर्य ग्रहण पनि हुनेछ। सूर्य ग्रहण सधैँ अमावस्या तिथिमा लाग्ने र तिहार पनि अमावस्या तिथिमा पर्ने गर्दछ । यस वर्ष तिहारमा यस्तो संयोग बनेको छ कि लक्ष्मी पूजाको रातबाटै सूर्य ग्रहणको सुतक सुरु हुँदैछ । जान्नुहोस् लक्ष्मीपूजाको दिन हुने वर्षको दोस्रो सूर्य ग्रहणका विशेष कुराहरु….
सूर्य ग्रहणको समय
लक्ष्मी पूजा कार्तिक ७ गते परेको छ । कार्तिक अमावस्य तिथि कार्तिक ७ गते ५:२८ बजेबाट सुरु हुनेछ । कार्तिक अमावस्या समाप्त: ८ गते ४:१८ बजे –
सूर्य ग्रहण लाग्नु भन्दा १२ घण्टा पहिलेबाट सुरु हुनेछ सुतक अवधि
कार्तिक ८ गते दिउँसो २:२९ बजे सम्म सुतक हुनेछ। सूर्य ग्रहणको सुतक अवधि ग्रहण सुरु हुनुभन्दा १२ घण्टा अगाडि सुरु हुने नियम छ । यस्तो अवस्थामा कार्तिक ७ गते लक्ष्मी पूजाको दिउँसो २ः३० बजेबाट सूर्य ग्रहणको सुतक अवधि सुरु हुनेछ ।
नेपालबाट देखिने छैन यो ग्रहण
कार्तिक ८ गते तुला राशिमा सूर्य ग्रहण लाग्दैछ । यो सूर्य ग्रहण नेपालबाट देख्न सकिने छैन । यो ग्रहण ४ घण्टाभन्दा बढी समयसम्म रहने भएकाले यसको प्रभाव सबै राशिमा पनि देखिनेछ । लक्ष्मी पूजाको रात सुतक धारण गर्ने भएकाले तन्त्र साधना र सिद्धिको लागि यो रात विशेष हुनेछ । यो सूर्य ग्रहण मुख्यतया एसियाको दक्षिण पश्चिमी भाग, युरोप, अफ्रिका महादेशको उत्तर पूर्वी भाग र ए:ट्ला:-न्टिक महादेशमा देखिने छ । त्यसैले यी देशहरूमा यसको विशेष प्रभाव पर्नेछ। यो ग्रहणलाई नेपालबाट नदेखिने हुँदा सूर्य ग्रहणको कुनै असर पर्दैन ।