ज्योतिषशास्त्रका अनुसार डिसेम्बर २ सम्म धेरै राशिका व्यक्तिहरूलाई शुक्रको राशि परिवर्तनको कारण शुभ आशीर्वाद मिल्नेछ। शुक्र १५ सेप्टेम्बर बाट सिंह राशिमा प्रवेश गरेको छ र यो २ डिसेम्बर सम्म यस राशिमा रहनेछ। जसले धेरै राशिका मानिसहरूमा सकारात्मक प्रभाव पार्न सक्छ। यस अवधिमा केही राशिका व्यक्तिले धेरै प्रकारका फाइदाहरू प्राप्त गर्न सक्नेछन् जस्तै करियरमा उन्नति, जागिरमा बढुवा आदि। जान्नुहोस् शुक्र ग्रहको अस्तहले कुन राशिका मानिसमा शुभ प्रभाव पार्नेछ ।
वृष राशि
यस राशिका मानिसहरुका लागि शुक्र पहिलो घरको स्वामी हो । व्यापार व्यवसायीले फाइदा लिन सक्नेछन् । यस समयमा आफूले जम्मा गरेको पैसाबाट फाइदा लिन सक्छन्। समाजमा मान सम्मान मिल्नेछ ।
मिथुन राशि
मिथुन राशिको व्यक्तिको लागि शुक्र १२ औँ र पाँचौँ घरको स्वामी हो। यस समयमा मिथुन राशिका व्यक्तिले काम वा जागिर परिवर्तन गर्नुपर्ने हुन सक्छ। धन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। धन बचतमा पनि सफलता मिल्न सक्छ ।
धनु राशि
ज्योतिष शास्त्रका अनुसार शुक्र ग्रहले यस अवधिमा धनु राशिका व्यक्तिलाई शुभ फल दिनेछ। यस अवधिमा व्यापार व्यवसायमा फाइदा लिन सक्नेछन् । लामो समय देखि भएको विवाद पनि समाधान हुनसक्छ । स्वास्थ्यमा पनि सुधार आउनेछ ।
कुम्भ राशि
कुम्भ राशिका व्यक्तिलाई शुक्र ग्रहको स्थितिमा आएको परिवर्तनको कारण करियर तथा व्यवसायको क्षेत्रमा सफलता हात पार्न सकिनेछ । शुक्रको शुभ फलको कारण दैनिक कार्यहरू पूरा गर्न पनि मद्दत हुनेछ र कार्यहरू पूरा गर्न आएको समस्या पनि समाधान गर्न सकिनेछ । आफ्नै व्यवसाय गर्ने व्यक्तिले फाइदा लिन सक्छ।