दशैंअघि कन्या राशिमा ४ ग्रहको मिलन हुँदै, यी राशिलाई मिल्नेछ चौतर्फी लाभै-लाभ !

सर्वपितृ औंशी तिथि असोज ९ गते आइतबार परेको छ। यसअघि असोज ८ गते अर्थात् भोलि शुक्र ग्रह कन्या राशिमा प्रवेश गर्दैछ। शुक्रको राशि परिवर्तनका कारण सर्व पितृ औंशीको समयमा कन्या राशिमा चार ठूला ग्रह विराजमान रहनेछन्।

सूर्य कन्या राशिमा नै विराजमान रहेको छ, बुध पनि यस राशिमा छ, अब शुक्र पनि यस राशिमा प्रवेश गर्दैछ। सिंह राशिपछि चन्द्रमा पनि कन्या राशिमा आउनेछ, यसरी कन्या राशिमा धेरै ठूला ग्रहहरुको आगमनले विभिन्न राशिफलमा विशेष लाभ हुने योग रहेको छ: ती मध्ये एक हुन् लक्ष्मीनारायण संयोग र बुद्धादित्य संयोग। आउनुहोस् जानौं यी संयोगले विभिन्न राशिहरूमा कस्तो प्रभाव पार्छ।

मेष राशि हुनेहरुको लागि यो समय निकै राम्रो रहेको छ। कन्या राशिमा चार ग्रहको आगमनका कारण एकातिर हलचल मच्चिनेछ भने मेष राशि हुनेलाई हरेक कार्यमा सफलता मिल्नेछ। विद्यार्थी वर्गका लागि पनि यो राम्रो समय रहेको छ।

अर्को समाचार:

जस्तो परिस्थितिमा पनि हार मान्दैनन् यस राशिका व्यक्ति, बन्छन् धनवान