अनुहारमा मात्र हैन शरीरका यी अङ्गहरुमा पनि हिरोइनले गराउँछन् मेकअप, हेर्नुस् केही रोचक तस्बिरहरु

एजेन्सी : भारतीय चलचित्र उद्योग ‘बलिउड’ ग्लामरले भरिएको छ। यहाँ जब कुनै अभिनेत्री पर्दामा उत्रिन्छिन् तब मानिसहरु एकटकले हेर्न थाल्छन्। अभिनेत्रीका सुन्दरताले सर्वसाधारणलाई मोहित बनाउँछ। आखिर यी अभिनेत्रीहरु कुन साबुनले नुहाउँछन् होला भनेर कतिपयको मनमा विचार उत्पन्न हुन्छ। उनीहरुको शरीरको हरेक अङ्ग आकर्षक देखिन्छ। खासमा ९९ प्रतिशत मेकअपको कमाल हो।

फिल्ममा मेकअप एक महत्वपूर्ण कुरा हो। मेकअपकै बलमा भूमिकालाई हाइलाइट गरिन्छ। मेकअपकै दममा कुरूपलाई सुन्दर र सुन्दरलाई कुरूप बनाइन्छ। यति मात्र हैन, मेकअप गरेरै आफ्नो नामलाई सानो या ठुलो बनाउन सकिन्छ। पेटमा एब्स बनाउन सकिन्छ।

समग्रमा भन्नुपर्दा मेकअपले भूमिकालाई जीवित बनाउने काम गर्छ। बलिउडमा मेकअपको एउटा डार्क सिक्रेट छ। यहाँ मेकअप अनुहार र घाँटीमा मात्र गरिदैन। शरीरका हरेक अङ्गमा मेकअप गरिन्छ।

वास्तवमा सिनको डिमाण्ड अनुसार हिरोइनको जुन बडी पार्टमा सबैभन्दा बढी फोकस गरिन्छ त्यहीँ मेकअप बढी गरिन्छ। स्क्रिप्टमा यदि कुनै हिरोइनले बोल्ड सिन दिनु छ भने उनको निजी अङ्गमा बढी मेकअप गरिन्छ।

शूटिङ शुरु हुनु अघि अभिनेत्रीहरु मेकअप रुममा घन्टौंसम्म बस्छन्। कहिलेकाहीँ मेकअप गरेरै उनीहरु योङ या बुढी देखिन्छन्।

अर्को समाचार:

माधुरीको फोटो हेरेपछि ट्रोलर्सले भने – ‘जवान देखिने चक्करमा पूरा अनुहारै बिगारिन्’