माधुरीको फोटो हेरेपछि ट्रोलर्सले भने – ‘जवान देखिने चक्करमा पूरा अनुहारै बिगारिन्’

एजेन्सी : बलिउड अभिनेत्री माधुरी दीक्षित आजकल रियालिटी शो ‘झलक दिखला जा’ मा जजको भूमिकामा छिन्। ९० को दशकको भारतको लोकप्रिय अभिनेत्री माधुरीले हालै केही आफ्ना नयाँ तस्बिरहरु सार्वजनिक गरेकी छिन्।

ती तस्बिरहरु हेरेर उनका फ्यानहरुले उनको निकै तारिफ गरिरहेका छन्। ५५ वर्षको उमेरमा पनि माधुरीको सौन्दर्यले जोकोहीँलाई पनि लठ्याउन सक्छ। योसँगै उनी ट्रोलर्सको पनि निशानामा परेकी छिन् ।

ट्रोलर्सको भनाइ अनुसार माधुरीको अनुहारमा धेरै परिवर्तन देखिएका छन्। कतिपयले माधुरीले फेश सर्जरी गरेको दाबी गरेका छन्।

माधुरीले बोटोक्स गराई अनुहार बिगारेको ट्रोलर्सको भनाई छ। तर कतिपयले भने त्यस्तो केही परिवर्तन नभएको दाबी गरेका छन्।

खैर, रेड एण्ड व्हाइट कलरको सारी र पफ स्लीव्स ब्लाऊजमा माधुरी सुन्दर देखिएकी छिन्।

अर्को समाचार:

छानबिनकै क्रममा राष्ट्रिय खेलाडीलाई कालो सुचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ? अभिनेत्री रीमा !