दुनियाँमा सबैभन्दा पहिले यिनले गरेका थिए श्राद्ध, यसरी सुरु भयो श्राद्धको परम्परा

काठमाडौँ : हिन्दु धर्ममा पितृपक्ष यानि श्राद्ध पक्षको विशेष महत्व छ। यी दिनहरुमा पितृलाई याद गरिन्छ र उनीहरुबाट आशिर्वाद ग्रहण गरिन्छ। धेरै कमलाई थाहा छ होला कि यस संसारमा सबैभन्दा पहिले कसले श्राद्ध गरेका थिए। महाभारत कालमा श्राद्धको बारेमा जानकारी मिलेको देखिन्छ, जसमा भीष्म पितामहले युधिष्ठिरलाई श्राद्धको सम्बन्धमा धेरै कुराहरु बताएका थिए। साथै भीष्म पितामहले श्राद्धको परम्परा कसरी सुरु भयो र बिस्तारै जनमानसमा कसरी यो परम्परा सुरु भयो भन्ने बारे बताएका थिए।

१. यिनले दिएका थिए सबैभन्दा पहिले उपदेश :

महाभारत अनुसार सबैभन्दा पहिले महातपस्वी अत्रिले महर्षि निमिलाई श्राद्धको बारेमा उपदेश दिएका थिए। त्यस पछि महर्षि निमिले श्राद्ध गर्न सुरु गरे। महर्षिको सिको गर्दै अन्य ऋषि मुनिहरुले पनि पितृलाई अन्न दिन थाले। लगातार श्राद्धका भोजन गरेर देवता र पितृ पूर्ण तृप्त भए।

२. यस रोगको कारण भए परेशान :

लगातार श्राद्धका भोजन सेवन गरेपछि देवता र पितृलाई अजीर्ण रोग(अपच हुने) लाग्यो र रोगको कारण उनीहरु कठिन समस्यामा परे । उक्त समस्याबाट निजात पाउनको लागि उनीहरु ब्रह्माजीको चरणमा पुगे र आफ्नो कष्टको बारेमा बताए। देवता र पितृको बेलिबिस्तार सुने पछि ब्रह्माजीले अग्निदेवले तपाईहरु सबैको कल्याण गर्ने कुरा बताए।

३. यसकारण अग्निदेवको महत्व :

अग्निदेवले देवता र पितृहरु समक्ष अब देखि हामी सबै एक साथ भोजन गर्ने प्रस्ताव राखे। अग्निदेवले आफूसँगै भोजन गर्दा सम्पूर्ण देवताहरु र पितृहरुका अजीर्ण पनि दूर हुने कुरा बताए। यो कुरा सुनेर सबै प्रसन्न भए। यसै कारण श्राद्धका भोजन सबैभन्दा पहिले अग्निदेवलाई दिइन्छ र त्यस पछि देवता र पितृहरुलाई दिने गरिन्छ।

४. ब्रह्मराक्षस पनि रहन्छन् दूर :

शास्त्रमा हवनमा पितृको निमित्त पिण्डदान दिएमा त्यसलाई ब्रह्मराक्षसले पनि दूषित पार्न नसक्ने कुरा उल्लेख गरिएको छ। यस कारण श्राद्धमा अग्निदेवलाई देखेर राक्षस पनि त्यहाँबाट टाढा हुन्छन्। अग्निले हरेक चिजलाई पवित्र बनाउँछ। पवित्र खाना पाउँदा देवता र पितृ प्रसन्न हुन्छन्।

५. यी मन्त्रको गर्नुहोस् जप :

पिण्डदान सबैभन्दा पहिले पितालाई, त्यस पछि हजुरबुबालाई र त्यसपछि हजुरबुबाको बुबालाई दिनुपर्छ। शास्त्रमा यहींलाई नै श्राद्धको विधि बताईएको छ। पिण्डदान दिने समयमा एकाग्रचित्त भएर गायत्री मन्त्रको जप तथा सोमाय पितृमते स्वाहाको जप गर्नुहोला।

६. यी तीन पिण्डको छ विधान :

महाभारत अनुसार श्राद्धमा तीन पिण्डका विधान छ। पहिलो पिण्ड जलमा दिनुहोला, दोस्रो पिण्ड गुरुजनलाई र तेस्रो पिण्ड अग्निलाई दिनुहोला। यसले मनुष्यका सम्पूर्ण मनोकामना पूर्ण हुनेछ। पितृ पक्ष यानि श्राद्ध पक्ष हरेक वर्ष भाद्रपदको शुक्ल पक्षको पूर्णिमा देखि आश्विन कृष्ण पक्ष अमावस्यासम्म रहन्छ।

अर्को समाचार:

शुरु भैसक्यो सोर्‍हश्राद्ध : पितृदोषबाट सजिलै छुटकारा यी उपाय अपनाउनुहोस् !