शुरु भैसक्यो सोर्‍हश्राद्ध : पितृदोषबाट सजिलै छुटकारा यी उपाय अपनाउनुहोस् !

ज्योतिषशास्त्र अनुसार धेरै थरिका दोषहरु रहेका छन् । जसमध्ये एक पितृदोष पनि हो । श्राद्धको महिनामा धेरैजसो मानिसहरुले आफ्नो पितृलाई तर्पण दिने गर्दछन् ।

हिन्दुधर्ममा पुर्खाको तर्पण गर्नुको बिशेष महत्त्व रहेको छ । यदि कसैलाई पितृदोष रहेको छ भने अनेक थरीका समस्याहरु आइलाग्छन् । यदि तपाईलाई केही समस्या आईपरेका छन् भने पितृदोष पनि हुन सक्छ ।

कुण्डलीमा पितृ दोष हुने व्यक्तिहरुका लागि श्राद्धको विशेष महत्व रहने गर्छ। यस दोषको प्रभाव रहेका व्यक्तिहरुले श्राद्धको समय केहि उपाय अपनाएर छुटकारा पाउन सक्नेछन्।आज हामी तपाईहरुलाई पितृ दोषबाट मुक्ति मिल्ने केही उपाएहरु बताउन जाँदै छौँ।

१. घरमा गरिने शुभ कार्य वा पितृ कार्यमा सम्पूर्ण पितृहरुलाई सम्झिने र तर्पण दिने गर्नुपर्छ। यसो गर्दा पितृ सन्तुष्ट रहने र उनीहरुले कृपाले जीवनमा ठूलो सफलता हँसिल गर्न सकिने मान्यता रहेको छ।

२. पितृको सम्झनामा श्राद्ध गर्दा ब्राह्मण भोजन गराउने गर्नुहोस। यसरी भोजन गराउने चिजहरुमा आटा बाट बनेको रोटि ,फलफूल , चिनी ,तरकारी आदी हुनुपर्छ।

३. पितृ दोषको प्रकोपमा परेका व्यक्तिहरुले नियमित रुपमा शिवलिङ्गमा जल चढाउने र महामृत्यूंजय मन्त्र पाठ गर्ने गर्नुपर्छ।

४. यस दोष भएका व्यक्तिहरुले सोर्‍हश्राद्ध दिन पिपलको फेदमा जल ,फूल ,अक्षता ,दूध ,गंगाजल र कालो तिल चढाई आफ्ना सम्पूर्ण पितृहरुलाई सम्झिनुपर्छ। यसो गर्दा सजिलै पितृ दोषबाट छुटकारा पाउन सकिन्छ।

५. चद्रग्रहणको दिन साँझको समयमा बबूलको फेदमा आफ्नो पितृको याद गर्दै खानेकुरा राख्नुहोस। यसरी पनि तपाईले पितृदोषबाट छिटै मुक्ति पाउन सक्नुहुनेछ।

अर्को समाचार:

भोलि बुधबार: गणेशजीको पूजा गर्दा झुक्केर पनि यी गल्ति नगर्नुस, हुनेछ कष्ट!