हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाला भगवान गणेशलाई सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ । बुध ग्रहलाई ज्ञान, बुद्धि, विवेक, आर्थिक सम्पन्नता र व्यापार-व्यवसायको प्रतिनिधि ग्रह मान्ने गरिन्छ । बुधग्रह सौर्यमण्डलमा सूर्यको सबै भन्दा नजीकको ग्रह हो। बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ। यस दिन भगवान गणेशको पूजा आराधना गर्नु फलदायी मान्ने गरिन्छ। आज हामी तपाईहरुलाई बुध ग्रहको प्रकोपबाट बचि जीवनका सम्पूर्ण दुख कष्ट नास गर्ने केही उपायहरु बताउन जादैछौँ।
१. तपाईको हरेक कार्यहरु सफलतापुर्वक पूर्ण गर्नका निम्ति यस दिन बिहान नुहाएर चोखो कपडा लगाई नजिकैको गणेश मन्दिरमा विधिवत रुपमा पूजाआजा गरी सक्खर सहित अन्य २१ परिकारका मिठाई चढाउनुहोस्।
२.यदि तपाईले गरेको मेहेनत र परिश्रमको कदर भएको छैन वा त्यो अनुसारको प्रतिफल पाउनु भएको छैन भने बुधबार विधिवत रुपमा गणेशजीको पूजाआजा गर्न आवश्यक हुन्छ । कुनै पनि व्यक्तिलाई जीवनमा धनवान बन्ने इच्छा छ भने बुधबारको दिन भगवान गणेशलाई घिउ अर्पण गर्न आवश्यक हुन्छ। यसरी गणेशजीलाई घिउ अर्पण गर्दा उहाँ छिटै प्रसन्न हुने र निकट भविष्यमानै धन प्राप्त गर्ने अवसर मिल्ने विश्वास छ । पुजामा घिउको कमि भएमा गणेशजी प्रसन्न हुन गार्हो मान्ने र आफ्ना कार्यहरु अपूर्ण रहन सक्ने मान्यता रहेको छ।
३. गणेशजीलाई सकेसम्म मकैँको भोग लगाउँनुस् यसो गर्नोले घरमा अन्न र धनको कहिँले कमी हुदैँन् । पूजाको लागि अखण्डित चामल मात्र चढाउने गर्नुपर्छ । अन्यथा भगवान गणेशलाई स्वीकार हुँदैन।
४. बुधबारको दिन मुंगको दाल दान गर्दा जीवनमा आईपरेका सम्पूर्ण दुख-कष्ट नास भएर जानेछ। बुध ग्रहको प्रसन्नताका लागि भगवती दुर्गाको समेत पूजा आराधना गर्न आवश्यक हुन्छ।
५.शास्त्रका अनुसार भगवान गणेशजीको पूजा आराधना गर्दा पिठयूको दर्शन गर्नुहुँदैन। उनको पिठयूमा दरिद्रताको निवास छ । पिठयूमा दर्शन गर्दा तपाईलाई दरिद्रताले घेर्ने गर्छ।