कार्तिक ४ गतेको राशिफल : आइतबारको दिन १२ राशिलाई शुभ – अशुभ कस्तो रहला ?

कार्तिक ४ गतेको पञ्चाङ्ग तथा राशिफल :

दिन : आइतवार
तिथि : तृतीया १०:४७ बजेसम्म, त्यसपछी चतुर्थी
नक्षत्र : कृत्तिका १३:२० बजेसम्म, त्यसपछी रोहिणी
योग : व्यतीपात १९:४९ बजेसम्म, त्यसपछी वरियान्
करण : भद्रा १०:४७ बजेसम्म, त्यसपछी वव २१:५३बजेसम्म, त्यसपछी वालव

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शुभ समाचार प्राप्त हुने सम्भावना रहेको छ । आफ्नो सृजनात्मकताले मानिसहरुको ध्यान आफ्नोतर्फ आकर्षित गर्नु सकिनेछ। दैनिक काममा सफलता मिल्नेछ। वास्तविकतालाई ध्यानमा राखी आर्थिक योजना बनाउनुहोस्। साथीहरूसँग मिलेको गरेको काममा सफलता मिल्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शरीर र मनले प्रफुल्लित र प्रसन्न रहने छ। आजबाट आफ्नो जीवनशैलीमा केही परिवर्तन गर्न सक्नुहुन्छ। व्यापारमा नयाँ सम्झौता हुनसक्छ । सफलताको लागि हर जोखिम मोल्न सफल हुनुहुनेछ । साझेदारी काम गर्ने हरुबाट खुसी मिल्नेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

लामो समय देखि रोकिएको काम सम्पन्न हुँदा मन प्रसन्न रहने छ । नयाँ कार्य थालनीको लागि समय अनुकूल छ। व्यापार व्यवसायमा राम्रो नतिजा मिल्नेछ । भविष्यको लागि आम्दानीबाट केही पैसा बचत गर्न सक्नुहुन्छ। वाचा पूरा नगर्दा साथीहरू रिसाउन सक्छन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

दिन व्यस्तताले भरिपूर्ण रहनेछ । आफ्नो राम्रो व्यवहारले मानिसहरूलाई आकर्षित गर्न सफल भइनेछ। नयाँ सोचका साथमा काम गर्दा पूर्ण लाभ मिल्नेछ। कार्य विस्तारका लागि ऋण लिनुपर्ने हुनसक्छ । धनमालमा सफलता हात लाग्न सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आर्थिक मामिलामा भाग्यको पूर्ण साथ मिल्ने छ। आत्मनिर्भर बन्ने प्रयास जारी राख्नुहोस्। आम्दानीका नयाँ स्रोतहरू प्राप्त हुनेछ । आर्थिक अवस्था पहिलेको भन्दा बलियो हुनेछ। अग्रज हरूबाट प्राप्त रायलाई बेवास्ता नगर्नुहोस्। अविवाहित हुनुहुन्छ भने कुरा विवाहको कुरा अगाडि बढ्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ विचारको साथ गरिएको कार्यले तपाईलाई आर्थिक लाभ दिनेछ। स्थिर सम्पत्तिको खरिद बिक्री हुन सक्छ। रोकिएका काम सुरु गर्न कसैको अनुमति लिनुपर्ने हुनसक्छ। स्वास्थ्यमा सुधार हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

दिन अत्यन्तै शुभ रहेको छ । बोलीको प्रभावबाट मानिसहरुलाई प्रभावित पार्न सकिनेछ ।  व्यापार, व्यवसायमा सन्तानको पूर्ण साथ सहयोग प्राप्त हुनेछ । आर्थिक लगानी गरेको क्षेत्रबाट केही चिन्ता बढ्न सक्छ । कलाकारहरुका लागि दिन राम्रो रहेको छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

साथीभाइसँग महत्त्वपूर्ण विषयमा छलफल हुनेछ । रोकिएका काममा पुरा हुनुको साथै प्रगति हुनेछ । व्यापार व्यवसायमा धेरै सावधानी अपनाउनु पर्ने देखिन्छ । आफ्नो रचनात्मक र सिर्जनात्मक शक्तिबाट मानिस हरुलाई प्रभावित पर्न सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

शान्त मनले गरेका काममा धेरै फाइदा हुनेछ । साहित्यकारहरूका लागि आजको दिन धेरै राम्रो छ। कामसँग सम्बन्धित चिजमा क्रमशः प्रगति हुनेछ । बिग्रिएका काम क्रमश: बन्नेछ । व्यापार सम्बन्धी कुनै पनि ठूलो समस्या समाधान हुनसक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आजको दिन कमजोरीहरूको सट्टा आफ्नो बलमा ध्यान दिनुहोस्। थोरै मेहनतले उच्च पदमा पुग्न सकिनेछ । जीवनसाथीको नाममा भइरहेका काममा लाभ मिल्नेछ। घरजग्गासँग सम्बन्धित व्यक्तिहरूले ठूलो सफलता हात पार्न सक्छन्। आफ्नो खानपानमा ख्याल गर्नु होला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

आफ्नो जिम्मेवारी पूरा गर्न सकिनेछ । सबै काम सहजै पूरा गर्नुहुनेछ। कुनै महत्त्वपूर्ण निर्णय गर्दा परिवारका सदस्यहरूको राय महत्त्वपूर्ण हुनेछ। व्यापार व्यवसायमा लाभ हुनेछ । अत्यावश्यक वस्तुको मात्र किनमेल गर्नुहोस्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

दिन सुखद र अचम्मका साथ बित्ने सङ्केत देखिएको छ । इमान्दार मनले गरेको मिहिनेतको फल मिल्नेछ । नयाँ कारोबार लाभदायक हुनेछन्। महत्त्वपूर्ण लेनदेनमा सावधान रहनुहोस्। पुराना साथी भइ भेट हुँदा  मन प्रसन्न हुनेछ ।

अर्को समाचार: