कुन देशमा कति बजे छ टिकाको साइत ? टीका लगाउँदा कता फर्कने ?

काठमाडौँ : यस वर्षको नेपालमा दशैँको साइत बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

नेपाली समयअनुसार देवी विसर्जनको साइत शनिबार बिहान ८:३३ मा तथा टीकाको उत्तम साइत बिहान ११ :३६ मा छ ।

यसका साथै अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दसैँको टीका लगाउने साइत सार्वजनिक गरेको छ।

समितिका अनुसार अमेरिकाको न्युयोर्क सहरमा प्रातः ११ बजेर ५ मिनेटमा, केन्टुकीमा ११ः०७ मा, टेक्सासमा ११ः५७ मा र क्यालिफोर्नियामा ११ः४५मा टीकाको शुभसाइत जुरेको छ । बेलायतको लण्डनमा ११ः३९ बजेको लागि साइत जुरेको छ ।

यसबाहेक क्यानडाको टोरन्टोमा ११ः४३, पोर्चुगलको लिस्बनमा ११ः३७ र फ्रान्सको पेरिसमा २५ अक्टोम्बरको ११ः४१ मा टीकाको शुभ साइत जुरेको छ ।

यसबाहेक भारत, जापान, अस्ट्रेलिया, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, न्युजिल्याण्डलगायतका देशमा भने अक्टोम्बर २६ को स्थानीय समय अनुसार बिहान ९ः४३ देखि १०ः३५ सम्म तोकिएको छ ।

ज्योतिष तथा वास्तुविद्का अनुसार टीका लगाइदिने व्यक्ति पश्चिम र टीका लगाउने व्यक्ति पूर्व फर्किनुपर्छ ।

टीका लगाइदिने व्यक्तिले देवी विसर्जन गर्दाको कलशको जलले टीका लगाउनेलाई अभिषेक गरेर साइतमा टीका र जमरा लगाउनुपर्नेछ।

अर्को समाचार: