असोज १६ गतेबाट चम्किनेछ यी ३ राशिका भाग्य, सेनापति ग्रह मङ्गलले ३ राशिका जीवनमा ल्याउनेछ उथलपुथल

काठमाडौँ : – वैदिक ज्योतिष अनुसार शौर्य र साहसको दाता मङ्गल ग्रह असोज १६ गते ( ३ अक्टोबर ) आफ्नो स्वराशि वृश्चिक राशिमा प्रवेश गर्दैछ। कुनै पनि ग्रह आफ्नो स्वराशि या उच्च राशिममा प्रवेश गर्दा त्यसको शुभ र पूर्ण फल प्राप्त हुन्छ। मङ्गल गोचरको प्रभाव सबै राशिहरुमा देखिनेछ। तर यस समयमा आर्थिक लाभ प्राप्त गर्न सक्ने ३ राशि छन्। जानौँ यी भाग्यशाली राशिहरु कुन – कुन हुन् …

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मङ्गलको राशि परिवर्तन मेष राशिका लागि लाभदायक साबित हुन सक्छ। मङ्गल ग्रह मेष राशिको अष्टम भावमा भ्रमण गर्दैछ। त्यसैले यस समय तपाईको स्वास्थ्यमा सुधार हुनेछ। अनुसन्धान क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि यो समय राम्रो साबित हुनेछ। मङ्गल ग्रह तपाईको लग्न भावको स्वामी हो।

त्यसैले यस समय तपाईको साहस र पराक्रममा वृद्धि हुनेछ। साथै तपाईको व्यक्तित्वमा निखार। आउनेछ त्यसैले यस समय तपाईको नयाँ – नयाँ व्यक्तिहरुसँग सम्बन्ध जोडिनेछ। व्यापार – व्यवसायमा नयाँ रणनीति बनाउँदा तपाईलाई गतिलो लाभ हुनेछ र तपाईका योजना सफल हुनेछन्।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मङ्गलको राशि परिवर्तन मीन राशिका व्यक्तिका लागि अनुकूल साबित हुन सक्छ। किनकी मङ्गल ग्रह तपाईको राशिबाट नवौँ भावममा गोचर गर्दैछ। त्यसैले यस समयमा तपाईलाई भाग्यले साथ दिनेछ। लामो समयदेखि जागिर परिवर्तन गर्नेबारे सोचिरहेका मानिसहरुले सफलता हासिल गर्नेछन्।

यस समयमा तपाईको घरमा कुनै माङ्गलिक या कार्यक्रम हुन् सक्छ। त्यस्तै यस समय तपाईले काम – कारोबारको सिलसिलामा यात्रा गर्न सक्नुहुन्छ। मङ्गल ग्रह तपाईको राशिबाट धन स्थानको स्वामी हो। त्यसैले यस समय आकस्मिक धन – लाभ हुन् सक्छ। लामो समयदेखि रोकिएका धन फिर्ता हुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका लागि मङ्गल ग्रहको राशि परिवर्तन दाम्पत्य जीवन र साझेदारीको हिसाबले शुभ साबित हुन सक्छ। किनकी मंगल तपाईको राशिबाट सातौं घरमा यात्रा गर्दैछ। तसर्थ, विगतमा तपाईंको वैवाहिक जीवनमा चलिरहेको तनाव समाप्त हुनेछ। जीवनसाथीबाट सहयोग मिल्नेछ ।

साथै, साझेदारीको काम सुरु गर्न चाहनुहुन्छ भने गर्न सक्नुहुन्छ, समय अनुकूल छ। व्यक्तिगत जीवनमा परिवारका सदस्यहरूसँग  निकटता बढ्नेछ। साथै तपाईको राशिबाट १२ औं घरको स्वामी मंगल पनि हो। त्यसैले, तपाईं यस समयमा बचत गर्न सफल हुनुहुनेछ।

अर्को समाचार:

तुला राशिमा बन्दैछ मङ्गल र केतुको संयोग, अक्टोबरमा यी ३ राशिको हुनेछ भाग्योदय, मिल्नेछ अपार धन