१२ वर्षपछि ४ महिना वक्री अवस्थामा भ्रमण गर्नेछ गुरु ग्रह, यी ५ राशि बन्नेछन् धनवान्

काठमाडौँ : – गत भदौ १८ गते सोमबारदेखि बृहस्पति ग्रह मेष राशिमा वक्री चालमा छ। करिब १२ वर्षपछि यस्तो भएको हो। बृहस्पति लगभग चार महिना अर्थात् पौष १५ गते आइतबारसम्म यहीँ अवस्थामा रही पुन : मार्गी हुनेछ। तबसम्म यो ग्रहले पाँच राशिका व्यक्तिहरुलाई धेरै आर्थिक लाभ दिनेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

तपाईको प्रथम भावमा बृहस्पति वक्री हुँदा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्नेछ। व्यापार – व्यवसायमा तपाईले सफलता हासिल गर्नुहुनेछ। नोकरीपेशामा पदोन्नतिको योग बनेको छ। यहीँ ग्रहको पञ्चम भावमा दृष्टिले भाग्यलाई जागृत गरी अचानक धनलाभ गराउँछ। यो समय सुखद् रहनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिको नवौँ भावमा वक्री हुँदैछ। भूमि र भवनमा लाभ हुनेछ। नोकरीमा तपाईले प्रगति गर्नुहुनेछ र व्यापारीहरुका आर्थिक स्थिति अझ मजबूत हुनेछ। लामो यात्राको योग पनि बनेको छ। बुबासँगको सम्बन्ध बलियो राख्नुहोस्।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिको सातौँ भावमा गुरु वक्री हुँदा व्यापारिक लाभसँगै दाम्पत्य जीवनलाई पनि सुखमय बनाउनेछ। आम्दानीसँगै खर्च पनि बढ्नेछ। पारिवारिक जीवन पनि पहिलेको भन्दा राम्रो हुनेछ। साझेदारी कार्यमा राम्रो आर्थिक लाभ मिल्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिका जातकका लागि बृहस्पति वक्री हुनु शुभ मानिन्छ। तपाईको साहस र आत्मविश्वास वृद्दि हुनेछ। तपाईका रोकिएका कामहरु समयमै पूरा हुनेछन्। नोकरी र व्यवसायमा सकारात्मक परिणाम प्राप्त हुनेछ। ठूलो कामको जिम्मेवारी मिल्नेछ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मीन राशिको दोस्रो भावमा बृहस्पति वक्री हुँदा तपाईको वाणी र सम्बन्धमा सुधार आउनेछ। आर्थिक लाभ हुनेछ। बचत बढ्नेछ। करियरमा सफलता मिल्नेछ । काममा प्रगति र व्यापारमा लाभ हुनेछ । रोकिएका सबै कामहरू पूरा हुनेछन्।

अर्को समाचार:

असोज १६ गतेबाट चम्किनेछ यी ३ राशिका भाग्य, सेनापति ग्रह मङ्गलले ३ राशिका जीवनमा ल्याउनेछ उथलपुथल