ग्रहको सेनापति मङ्गल भयो अस्त : यी राशिका शुरू भए खराब दिन, धन हानि र स्वास्थ्य हुनेछ खराब

काठमाडौँ : – ज्योतिष शास्त्र अनुसार ग्रहहरु समय – समयमा अस्त र उदय हुन्छन्। जसको प्रभाव मानव जीवन र पृथ्वीमा देखिन्छ। ग्रहको सेनापति मङ्गल ग्रह भदौ २९ गते शुक्रबार अस्ताएको छ।

ज्योतिष शास्त्रमा मंगल ग्रहलाई साहस, बहादुरी, वीरता, सम्पत्ति र रातो रंगको कारक मानिन्छ। तसर्थ मङ्गल ग्रह अस्ताउँदा यी क्षेत्रहरुमा विशेष प्रभाव पर्छ। तर ३ राशि यस्ता छन्, जसलाई यस समय धनहानि र स्वास्थ्य खराब हुने योग बनेको छ। आउनुहोस्, जानौँ, ती राशिहरु कुन – कुन हुन् ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका लागि मङ्गल ग्रह अस्ताउनु हानिकारक साबित हुन् सक्छ। तपाईको राशिको स्वामी मङ्गल ग्रह हो। त्यस्तै मङ्गल ग्रह आयुको स्वामी हो। साथै मङ्गल छैठौँ भावमा अस्ताएको छ। त्यसैले यस समयमा शत्रुहरूबाट सावधानी अपनाउनुपर्छ।

साथै यस अवधिमा तपाईलाई चोट लाग्न सक्छ। कुनै दुर्घटना हुन् सक्छ। यस समयमा सूर्यदेवलाई जल चढाउनुपर्छ। सूर्य भगवानको मन्त्रको पनि जप गर्नुहोस्।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

ग्रहको सेनापति मङ्गल ग्रह अस्त हुनु कर्कट राशिका जातकलाई नोक्सानदायक साबित हुन् सक्छ। किनकी मङ्गल करियरको स्वामी भई अस्ताउँदैछ। त्यसैले यस समयमा तपाईले आफ्नो जागिर गुमाउन सक्नुहुन्छ।

कार्यस्थलमा समस्याको सामना गर्नुपर्नेछ। सन्तानको स्वामी भई अस्त हुँदैछ, त्यसकारण सन्तान पक्षबाट कुनै अशुभ समाचार मिल्न सक्छ। साथै, यो समयमा व्यवसायीहरूको आम्दानी कम हुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका व्यक्तिहरुका लागि मंगल ग्रह अस्त हुनु प्रतिकूल सिद्ध हुन् सक्छ। मङ्गल ग्रह आयुको स्वामी हो। तेस्रो भावको स्वामी हो। त्यसैले यस समय तपाईको स्वास्थ्य खराब हुन् सक्छ। असोज १६ गते मङ्गलबारदेखि तपाईको समस्या अझैँ बढ्नेछ।

रक्तसम्बन्धी समस्याले पिरोल्नेछ। साथै कसैसँग तपाईको वादविवाद हुन् सक्छ। त्यसैले क्रोधबाट बच्नुहोस्। साथमा सूर्यको मन्त्र जप गर्नुपर्छ। साथै सूर्यदेवलाई जल चढाउनुपर्छ ।

अर्को समाचार:

असोज १४ गतेबाट चम्किनेछ यी ३ राशिका भाग्य, ग्रहका राजकुमार बुधले गर्नेछ कन्या राशिमा प्रवेश