ज्योतिषशास्त्रमा ग्रहहरुको राशि परिवर्तनलाई निकै महत्त्वपूर्ण मानिन्छ। ग्रहहरूको राशि परिवर्तनले सबै राशिहरूमा शुभ वा अशुभ प्रभाव पार्दछ। कतिपय राशि भएका व्यक्तिलाई फाइदा हुन्छ भने केही राशिका व्यक्तिले सावधानी अपनाउनुपर्ने हुन्छ। फेब्रुअरी २७ मा बुधले आफ्नो राशि परिवर्तन गरी कुम्भ राशिमा प्रवेश गर्नेछ। ज्योतिषमा बुध ग्रहको विशेष स्थान रहेको छ। बुधको राशि परिवर्तनका कारण केही व्यक्तिका लागि शुभ दिन सुरु हुने भएको छ। जान्नुहोस् कुन-कुन राशि?
वृष राशि
यस अवधिमा पारिवारिक सम्बन्धमा मधुरता बढ्नेछ। कामको खोजीमा रहेका व्यक्तिहरूले शुभ फल प्राप्त गर्न सक्छन्। आत्मविश्वासमा वृद्धि हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ। धन लाभ हुनेछ, आर्थिक पक्ष बलियो हुनेछ।
कर्कट राशि
धन सम्बन्धी मामिलामा सफलता मिल्नेछ। समाजमा मान सम्मान बढ्नेछ। पद– प्रतिष्ठा बढ्नेछ। यदि तपाइँ लगानी गर्ने योजना गर्दै हुनुहुन्छ भने, यो तपाइँको लागि लाभदायक साबित हुनेछ। लेनदेनका लागि समय शुभ रहेको छ।
सिंह राशि
यस अवधिमा तपाईको इज्जत बढ्नेछ। कार्यस्थलमा लाभ हुनेछ। पारवहन अवधिमा सफलता मिल्नेछ। धन आर्जनको नयाँ अवसर मिल्नेछ।व्यापारीहरूले नाफा कमाउन सक्छन्।
धनु राशि
यस अवधिमा शत्रुहरूमाथि विजय प्राप्त गर्नुहुनेछ। कार्यस्थलमा मान सम्मान मिल्नेछ। आर्थिक अवस्था पहिले भन्दा राम्रो हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।