धार्मिक मान्यता अनुसार प्रदोष तिथिलाई भगवान शिवको तिथि मानिन्छ। त्रयोदशीका दिन प्रदोषकालमा भगवान शिव कैलाश पर्वतमा डमरु बजाउँदै प्रसन्न मुद्रामा खुसीसाथ नाच्ने जनविश्वास छ। शिवको स्तुति गर्न कैलाश पर्वतमा सबै देवी-देवताहरू आउँछन्। प्रदोष व्रतको पालनाले सबै पाप नाश भएर मोक्ष प्राप्त हुने मान्यता छ।
प्रदोष व्रत र विधि-विधान अनुसार भगवान शिवको आराधना गर्नाले जीवनमा आउने समस्याहरु हट्ने मान्यता रहेको छ र जीवनमा सकारात्मक ऊर्जा रहन्छ। प्रदोष व्रतलाई रोग तथा पीडाबाट मुक्ति दिलाउन निकै लाभदायक मानिन्छ।
शास्त्रमा प्रदोष काललाई भगवान शिवको आराधनाका लागि उत्तम र पवित्र समय मानिएको छ। यस दिन भगवान शिवको विधिवत् पूजा गर्नाले पाप नाश हुन्छ र मोक्ष प्राप्त हुन्छ। प्रदोष व्रतको दिन सूर्योदयअघि उठ्ने, स्नान गर्ने र सफा लुगा लगाउने। भगवान शिवलाई शुद्ध जल र पञ्चामृतले स्नान गर्नुहोस्। बेलुका ११ वटा गुलाबमा चन्दन लगाउनुहोस् । यसपछि श्रीमान श्रीमती मिलेर साँझ शिवलिंगमा एक एक गरी यी गुलाब चढाउनुहोस्।
पूजामा भगवान शिवलाई सेतो रङको वस्त्र र माता पार्वतीलाई रातो रङको वस्त्र चढाउनुहोस्। यस दिन परिवारमा भएका बच्चालाई मिठाई दान गर्नुहोस्। यदि आर्थिक समस्याबाट ग्रसित हुनुहुन्छ भने प्रदोष व्रतको दिन महामृत्युञ्जयको जप गर्नुहोस्। यस दिन दहीमा मह मिसाएर भगवान शिवलाई चढाउनुहोस्।
त्यसपछि ‘ॐ नमः शिवाय’ जप गरिरहनुहोस्। शिव मन्दिरमा जानुहोस् र शुद्ध घिउको दियो र तोरीको तेलको दियो बाल्नुहोस्। यदि परिवारमा कसैको स्वास्थ्य ठिक छैन भने, प्रदोष व्रतको समयमा साँझ शिव मन्दिरमा जानुहोस् र भगवानलाई सुकेको नरिवल चढाउनुहोस्। परिवारका सदस्यहरूको सुस्वास्थ्यको लागि भगवान शिवसँग प्रार्थना गर्नुहोस्।