यस वर्ष माघ १२ गते वसन्त पञ्चमी पनि मनाइँदै छ। वसन्त पञ्चमीका दिन पहेँलो रङ्गको वस्त्र धारण गरी माता सरस्वतीको पूजा गर्नु शुभ मानिन्छ। यस दिन विद्या, कला र सङ्गीतकी देवी माता सरस्वती प्रकट भएको जनविश्वास छ। त्यसैले वसन्त पञ्चमीको दिन विद्यार्थी तथा कला, संगीत र ज्ञानका क्षेत्रमा आबद्ध व्यक्तिहरूका लागि विशेष मानिन्छ।
वसन्त पञ्चमीको दिन बिहान सूर्योदय हुनु भन्दा पहिले उठेर नुहाएर पहेँलो रङ्गको वस्त्र लगाएर विधिपूर्वक देवी सरस्वतीको पूजा गर्नु पर्दछ। पूजामा माता सरस्वतीलाई पहेँलो रंगको फूल र मिठाई चढाउनुहोस्।
धार्मिक मान्यता अनुसार वसन्त पञ्चमीको दिन ‘’ॐ वागदैव्यै च विद्महे कामराजाय धीमहि, तन्नो देवी प्रचोदयात्’। मन्त्र जप गर्नुहोस्, यसो गर्नाले ज्ञान बढ्छ। यसका साथै जीवनमा सुख समृद्धिको विकाश हुनेछ।
वसन्त पञ्चमीको दिन सरस्वती गायत्री मन्त्रको ५ पटक जप गर्नुहोस्। यसबाट माता सरस्वती प्रसन्न भई करियर तथा व्यापार-व्यवसायमा छोटो समयमा प्रगति हुन्छ।
वसन्त पञ्चमीको दिन माता सरस्वतीको अगाडि दुई मुख भएको दियो प्रज्वलन गर्नुहोस्। त्यसपछि ‘पद्माक्षी ॐ पद्मा क्ष्रैय नमः’ मन्त्रको कम्तीमा १०८ पटक जप गर्नुहोस्। यसले करियरका बाधाहरू हटाउँछ र प्रगतिको बाटो खोल्छ।