निर्मला पन्त हत्याको अनुसन्धान गर्न एआईजी धिरु बस्नेतको टोलि पहिलो पटक कञ्चनपुर पुग्यो

Leaderboard Banner

काठमाडौँ- कञ्चनपुरकी तेह्र वर्षीय बालिका निर्मल पन्तको हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीले गठन गरेको एआइजी धिरु बस्नेत नेतृत्वको छानविन समिति शुक्रबार कन्चनपुर पुगेको छ। घटनाको छानबिनका लागि गत भदौ ३१ गते एआइजी बस्नेतको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।

बलात्कार पछि हत्या गरिएकी निर्मला पन्त प्रकरणको अनुसन्धानमा खटिएका प्रहरीबाट गम्भीर लापरबाही भएको पुष्टि भएपछि प्रहरीमाथिनै छानविन गरिरहेको एआईजी बस्नेत नेतृत्वको छानविन समिति पहिलो पटक कन्चनपुर पुगेको हो।

अनुसन्धानमा प्रहरीले प्रमाण नष्ट गरेकाले उनीहरुको भूमिका माथिनै शंका उत्पन्न भएको स्थानीयको गुनासो पश्चात बस्नेत नेतृत्वको छानविन समितिले प्रहरी अधिकारीहरुबाट भएको गल्तिको छानविन थालेको हो। प्रहरीकै छानबिन गरिरहेको यस समितिले बालिका पन्तको हत्या अनुसन्धानमा संलग्न सबैलाई यस अघिनै काठमाडौं ल्याएर अनुसन्धान गरेको थियो।

जिल्ला प्रहरी कार्यलय कन्चनपुरका अनुसार बस्नेत नेतृत्वको यस समितिले शुक्रबार घटनास्थलको अवलोकन, पिडित परिवारसँग भेटघाट गरि शनिबार अन्य सरोकारवालासँग भेटघाट र परामर्श गर्ने कार्यक्रम रहेको छ।

गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो भने घटनामा संलग्नहरुको अझै पहिचान भईसकेको छैन।

प्रकाशित : शुक्रबार, असोज २६, २०७५१३:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सिन्धुली बस दुर्घटना अपडेट : १ को घटनास्थलमै मृत्यु, ७ घाइते ! घाइतेमध्ये ४ को अवस्था गम्भीर !